
दीननाथ बराल,
पोखरा २३, माघ,
मच्छिन्द्र फुटवल क्लव आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा बुधबार भएको खेलमा मच्छिन्द्रले शसस्त्र प्रहरी वलको एपिएफ क्लवलाई २—० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो ।
मच्छिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले एक÷एक गोलको योगदान दिनुभयो । खेलको ७४ औं मिनेटमा अतिरिक्त खेलाडी शाक्यले र खेलको ८१ औं मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल गर्नु भएको हो । पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा एपिएफ पहिलो चरणकै खेलबाट बाहिरिनु पर्यो । एपिएफका प्रदिप लामा, कप्तान युवराज खड्का, विकु लामाले प्रहार गरेको वल गोल हुन सकेन् ।
एपिएफले सेमिफाइनलको यात्राको लागि थ्रि स्टार क्लवसंग माघ २७ गते प्रतिष्प्रर्धा गर्ने भएको छ । भोलि (विहिबार) तेश्रो खेल चर्च व्वाईज यूनाइटेड क्लव र एनआरटि फुटवल क्लव बिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो ।
प्रतियोगितामा बिजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख पुरस्कार प्रदान गरिने भएको छ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबल मार्फत सामाजिक कार्य गर्दै आएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।