प्रेस चौतारी कस्कीको अध्यक्षमा अधिकारी, पत्रकार गुरुङ सम्मानित पौडेल पुरस्कृत

-


     पोखरा क्लिक     
     माघ २३ गते २०८१ मा प्रकाशित


पोखरा २३, माघ,

प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाको २७ औं स्थापना दिवस तथा नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुनु भएको हो । त्यसै गरी उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष (महिला) रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दिपक अधिकारी,सहसचिवमा (समावेशी) सुरेश सुनार, कोषाध्यक्षमा सन्दिप खनाल सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको थियो ।

त्यस्तै अन्य सदस्यहरुमा सुरेश रानाभाट, संजय थापा, रचित पौडेल,आषिस पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सर्वसम्वत निर्वाचित हुनु भएको हो ।

उक्त अवसरमा पत्रकार गणेशमान गुरुङ प्रेस चौतारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानित हनुु भएको छ भने प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार ईन्द्रप्रसाद पौडेललाई पुरस्कृत हुनु भएको हो । प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्यप्रसाद पौडेल, प्रेस स्वतन्त्रताका सेनानी माधन शर्मा, वद्रिविनोद प्रतिक लगायतले उहाँहरुलाई सम्मान गर्नु भएको थियो ।

उक्त पुरस्कारको राशी २२ हजार २ सय २२ रुपैयाँ रहेको सचिव रन्जन अधिकारीले पोखराक्लिकलाई बताउनु भयो । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत केशव पाठक र अग्रज पत्रकार केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको थियो ।