
जया पौडेल
पोखरा १६, माघ,
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदाम ६ कास्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा आज(बुधबार) सम्पन्न भएको सस्थाकोे २१ औं साधारण सभा तथा बाह््रौ अधिवेशनले ठाकुर प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
दुई बर्षीय कार्यकालको लागि सस्थाको प्रथम उपाध्यक्षमा सोभित परियार, द्धितीय उपाध्यक्षमा अनिल थापा, सचिवमा शान्ता सुवेदी, सहसचिवमा भिश्माया नेपाली, कोषाध्यक्षमा विमला थापा चयन हुनु भयो भने अन्य सदस्यहरुमा ऋषीमाया पहारी, गोमा पंगेनी,बिष्णुप्रसाद पहारी, पदम बहादुर ढकाल, जुना अधिकारी र शिलु पौडेल पराजुली चयन हुनु भएको हो। गण्डकी प्रदेशमा सांसद देवका पहारीले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त अधिवेशन नेत्रलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कास्कीका प्रहरी प्रमुख श्याँमबाबु ओलीया, संस्थापक मंगल नेपाली, सामुदायिक सेवा केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष भिम पराजुली, पूर्व अध्यक्ष मिना भट्टराई, पूर्व सल्लाहकार एकराज न्यौपाने, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी लगायतको सहभागिता रहेको थियो ।