गण्डकी प्रदेशमा वन्यजन्तुबाट मृतक दुई परिवारलाई २० लाख राहत उपलब्ध गराइयो

-


     पोखरा क्लिक     
     माघ १५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १५, माघ,

गण्डकी प्रदेशमा वन्यजन्तुबाट मृतक दुई परिवारलाई २० लाख राहत उपलब्ध गराइएको छ । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन्यजन्तुबाट क्षतिको रकम बन्यजन्तुबाट मृत्यु भएका दुई परविारलाई सहित गरी १ करोड १० लाख रुपैया वितरण गरेको छ । प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले पदवहालि गरेको एक सय दिन पुगेको अवसरमा मंगलबार पोखरामा आयोजित एक सय दिनको कार्य प्रगतीको सार्वजनिक गर्दै उक्त अवधिमा प्रदेशमा वन्यजन्तुबाट भएको क्षतिको सो रकम वितरण गरिएको बताउनु भएको हो ।

जस अन्र्तगत दुई जना व्यक्तिको बन्यजन्तुबाट मृत्यु भएका कारण मृतक परिवारलाई १०÷१० लाख, ४ जना व्यक्तिहरु घाइते भएकोल जनही २÷२ लाखको दरमा सहित अन्य बन्यजन्तु तथा ज्यून सङख्यामा कृषि मा क्षति भएकोले उक्त रकम वितरण गरिएको मन्त्री पौडेलले जनाउनु भयो । नतहुँमा चितुवाको आक्रमणबाट र नवलपुरमा भने गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । पशुधन तर्फ करिब ३ सयको सङख्यामा रहेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा आर्थिक बर्ष २०८०÷०८१ र आर्थिक बर्ष २०८१÷०८२ को राहत रकम निकासा मध्य सबै भन्दा धेरै गोर्खामा रहेको छ भने हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा सायद क्षति नभएका कारण क्षतिको रकम विनियोजन भएको छैन् । त्यसै गरी विनियोजन भएको रकम मध्य सबै भन्दा कम बागलुङमा १।८२ प्रतिशतले अर्थात १८ हजार २ सय रुपैया रहेको छ । सबै भन्दा धेरै गोर्खामा ३३।९ प्रतिशतले अर्थात ३३ लाख ९० हजार ५ सय रुपैया वन्यजन्तुबाट क्षतिको रकम मन्त्रालयले विनियोजन गरेको छ ।

त्यस्तै अन्य जिल्लाहरु मध्य तनहुँबाट १७।६५ अर्थात १७ लाख ६५ लाख २ सय ३९ रुपैया, म्याग्दीमा २।८६ प्रतिशत अर्थात २ लाख ८६ हजार, स्याङजामा ७।५१ प्रतिशत अर्थात ७ लाख ५१ ह्जार, लमजुङमा १०।२२ प्रतिशत अर्थात १० लाख २२ हजार ६ सय, पर्वतमा १४।८७ प्रतिशत अर्थात १४ लाख ८७ हजार ५ सय, नवलपुरमा १४।६४ प्रतिशत अर्थात १४ लाख ६४ हजार ५ सय ३६ रुपैया र कास्कीबाट ६।६७ प्रतिशत अर्थात ६ लाख ६७ हजार रुपैया वन्यजन्तुबाट क्षतिको रकम मन्त्रालयले विनियोजन गरेको थियो ।

त्यसै गरी मन्त्रालयले गण्डकी प्रदेशको राष्ट्रिय तथा नीजि वनबाट चालु आर्थिक बर्षमा ३ लाख ४७ हजार ५ सय ६६ म्यू।फिट काठ र ३ सय ४७।८१ चट्ट दाउरा उत्पादन गर्न सफल भएको छ । विभिन्न सामुदायिक वनबाट ५७ हजार ९१ क्यू।फिट काठ र ४९ चट्टा दाउरा विक्रि वितरण भएको मन्त्रालयले जनाएको छ । वन पैदावरको विक्रि, जडीवुटि संकलन र अन्य आम्दानीबाट चालु आर्थिक बर्षको करिब ६ महिनामा ६ करोड ९९ लाख ९१ ह्जार ४ सय ७९ रुपैया राजश्व संकलन गर्न सफल भएको मन्त्री पौडेलले दाबी गर्नु भयो । अघिल्लो बर्षको पहिलो ६ महिनामा १ करोड ७५ लाख ५० हजार ५० रुपैया मात्र राजश्व मात्र संकलन भएको सचिव जीवनाथ पौडेलले बताउनु भयो ।

उक्त अवसरमा वन्यजन्तु कार्य तर्फ १ सय २४ वटा, २५ वटा मृत गरी जम्मा १ सय ४९ वन्यजन्तुको उद्धार गरिएको सचिवले जनाउनु भयो । जलाधार संरक्षण, व्यबस्थापन, खोला किनारा संरक्षण, पानीको मुहान संरक्षण, कुलो सिंचाई संरक्षण, खेतियोग्य जमिन संरक्षण, क्षतिग्रस्त भूमि पुनस्र्थापना तथा हरियाली प्रबद्र्धन भई सोबाट करिब १० हजार भन्दा बढी घर धुरी लाभान्वित भएको मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले पहिलो ६ महिनामा विक्तिय तर्mि २७।३६ र भौतिक तर्फ ४० प्रतिशत प्रगती गरेको बताउदै मन्त्री पौडेलले यस बर्ष शतप्रतिशत भौतिक प्रगती गर्न जनाउनु भयो ।

सर्वसाधारण जनताको घरकाज, जनसहभागिताद्वारा सञ्चालन गरिने साना तिना विकास निर्माण कार्य, दैवी प्रकोप र कृषि औजारका लागि आवश्यक पर्ने काठ दाउरा जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत् उपलब्ध गराउने कार्यलाई व्यवस्थित, पारदर्शी, सरल एवं छिटोछरितो तुल्याउने नवलपुर जिल्लाको काठ दाउरा आपूर्ति समितिको आव २०८१।८२ को बार्षिक कार्ययोजना स्वीकृत गरिएको छ ।

विगतमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अनुसार तयार भएका सामुदायिक वन र साझेदारी वनहरुका वन कार्ययोजना बमोजिम काम गरीरहेका बनहरु उक्त कार्यविधि खारेज भएबाट बन पैदावार संकलन गर्न नपाउदा उपभोक्ताको माग सम्बोधन गर्न कठिन हुनुका साथै वन क्षेत्रबाट प्राप्त हुने राजश्व संकलनमा समेत प्रतिकुल असर पर्ने हुँदा प्रचलित कानुन बमोजिम गर्ने गरी बलापडा रुख संकलन गर्न नीतिगत निर्णय भएको मन्त्री पौडेलले जनाउनु भयो । कसैले झाडी र तिते पातीको मन्त्रालयको आरोप लगाय पनि आफुहरुले मन्त्रालय भित्र सम्भावनाको खोजि गरी उत्कृष्ट कार्यसम्पादन तर्फ ध्यान केन्द्रित भएको मन्त्रीको भनाई थियो ।