
पोखरा १५, माघ,
पोखरा महानगरपालिका वडा न. २२ को ठुलिबिडीमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । २०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवङ्गत हुनुभएका नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता आउँदो फागुन १६ गते देखि आयोजना गर्ने भएको क्लवले जनाएको छ ।
उक्त प्रतियागिता ठुलिबिडीको सिम्लेपाखा खेलमैदानमा आगामी फागुन १६ देखि १८ गते सम्म सन्चालन हुने तयारी गरिएको आयोजक कमिटिका संयोजक सुदिप बरालले बताउनु भयो । परिवर्तन युवा क्लबको आयोजना तथा पोखरा हटलाइन राष्ट्रिय दैनिकको सह—आयोजनामा हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैया, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै विद्यागत तर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।
सहभागी हुने टोलिले फागुन १४ गतेसम्म टिम दर्ता गर्न सक्ने छन भने टिम दर्ता शुल्क नगद ५ हजार रहेकोे क्लवले जनाएको छ । उक्त क्लवले हरेक बर्ष उक्त प्रतियोगितालाई निरन्तरता दिने भएको संयोजक बरालले जनाउनु भयो ।





