
पोखरा ११, माघ,
पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा आज (शुक्रबार) सहयोगी शैक्षिक साझेदारीका बिद्यालयहरु बिच आधारभूत तह कक्षा ६ देखि ८ कक्षाका बिद्यार्थीहरु बिच अगेंजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षता एवम् प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा १४ वटा स्कुलहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका सह(प्राचार्य कृष्ण लम्सालको संयोजकत्त्वमा आयोजना गरिएको थियो भने शेरबहादुर क्षेत्री र सुरजकुमार क्षेत्री निर्णायक मण्डलमा रहनु भएको थियो ।
बालप्रभात बोर्डिङ स्कुल प्रथम, बेसलाइन एकेडेमी द्वितीय, बाल कल्याण हाई स्कुल तृतीय.र अल्फाबोर्डिङ स्कुलले.सान्त्वना स्थान हासिल गर्न सफल भए । विजयी हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।
प्राचार्य भण्डारीले विद्यार्थीहरुको भाषिक सिप विकास गर्नका साथै उनीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रमहरुको अहम ्भूमिका रहने भएकाले आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।