
पोखरा १०, माघ,
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती मगर (एमबीआस्था) निर्वाचित भएका छन् । मञ्चको आज बिहिबार पोखरामा सम्पन्न भएको तेश्रो अधिवेसन तथा छैटौं साधारण सभामा एमबीआस्थाले निकटतम प्रतिद्धन्द्धी सुरज श्रेष्ठलाई ९ मत अन्तरले पराजित गर्दै दुई बर्षीय कार्यकालको लागि निवर्जाचित भएका हुन् ।
७४ मतदाता मध्य ६४ जनाले मतदान गर्दा एमबीआस्थाले ३६ मत पाउँदा श्रेष्ठले २७ मत प्राप्त गरे । त्यसै गरी उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्वत निर्वाचित भएभने समावेसी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । आले मगरले ३६ मत पाउँदा उनका प्रतिस्पर्धी राधिका शर्मा कँडेलले २७ मत प्राप्त गरिन् । परशुराम शर्मा महासचिव निर्वाचित हुनु भएको छ उहाँले ३८ मत ल्याउँदा सोही पदकी अर्की प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले भने २५ मत प्राप्त गरे । सचिवमा राजु गिरी निर्वाचित भए । उनले ४१ मत प्राप्त गर्दा उनका प्रतिष्प्रर्धी कविता घर्तीमगरले २३ मत प्राप्त गर्नि । कोषाध्यक्षमा विमल तिवारी निर्विरोध निर्वाचित भए ।
मञ्चको सदस्यहरुमा सर्वसम्मति भएको हो । सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल चयन भएका हुन् । यसैबिच, उक्त अधिवेशनको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्दै गण्डकी प्रदेशको राजधानि पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको बताए । पर्यटनको राजधानि पोखरामा खेलकुदको समेत राजधानिको सम्भावना रहेको उनले जनाए । मन्त्रालयले खेलकुदको क्षेत्रमा बिषेश ध्यान दिदै आएको मन्त्री थापाले जनाए ।
मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, भूत पूर्व खेलाडी मञ्चका अध्यक्ष दील बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, सल्लाहकार एकराज गिरी, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष माधव बराल, सहारा क्लवका अध्यक्ष केशवराज बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शसिकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर लगायतले वोलेका थिए ।
उक्त अवसरमा मञ्चले संथापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष विनोद लामिछाने, गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक, सल्लाहकार एकराज गिरी र रन्जन अधिकारीलाई सम्मान गरिएको मञ्चले पोखराक्लिकलाई जनाएको छ । त्यसै गरी पत्रकार कल्याणकारी कोषमा सहयोग गर्नुहुने सहारा क्लव, सुर्दशन रन्जित, विजय नेपाल र दीननाथ बराललाई सम्मान गरिएको थियो ।







