
दीननाथ बराल,
पोखरा २५, पुष,
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिएको रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आजै छाडेको छ । जिल्ला अदालत कास्कीले लामिछानेसँग ६५ लाख धरौटी माग गरे बमोजिम प्रभु बैंक ग्यारेन्टि बसे पछि उहाँ आजै प्रहरीको हिरासत मुक्त हुनु भएको हो ।
उहाँको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । काठमाडौं लगायतका क्षेत्रमा सहकारीको रकम अपचलन गरेको अन्य मुद्दा भएकोले कास्की जिल्ला अदालतको आदेशलाई सम्मान गर्दै भोली नै उहाँ आफै काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाडिएको श्रोतको भनाई छ ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रवि सहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत कास्कीका श्रेष्तदार(उपसचिव) राजन खनालले बताउनु भयो । रवि सहित अन्यले रकम तथा बैंक जमानतको व्यबस्थापन गर्दै हुनुहुन्छ ।
रास्वपाका नेता तथा कार्याकर्ता रविको रिहाई भएसंगै उहाँलाई फुल माला लगाउदै अदालतलाई धन्यवाद दिनु भएको थियो । रवि छामिछाने प्रहरीको ८४ दीनको हिरासत्तबाट मुक्त भएसंगै नेता तथा कार्यकर्ता निकै खुसि भएको रास्वपाका नेता उत्तम पौडेलले बताउनु भयो ।