सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित रवि लामिछाने सहित ७ जना धरौटिमा रिहा

-


     पोखरा क्लिक     
     पौष २५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २५, पुष,

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित ७ जना धरौटिमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । प्रतिवादीहरुको बहस सकिएसंगै पुरक अभियोजन भई थुनछेक बहस पछि आज थुनछेक आदेश प्राप्त भएको जिल्ला अदालत कास्कीका श्रेष्तदार(उपसचिव) राजन खनालले बताउनु भयो ।

उहाँका अनुसार अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको भन्दै पूर्वप्रबन्ध निर्देशक रवि सहित पूर्वउपाध्यक्ष समेत रहनु भएको पूर्वडीआईजी छविलाल जोशीलाई समेत कास्की प्रहरीले पक्राउ गरेको थियो । लामिछाने विरुद्ध काठमाण्डौं, रुपन्देही, चितवनमा पनि सहकारी अपचलन गरेको आरोप छ ।

बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ७ जना प्रतिबादी मध्य ३ जना धरौटिमा छुट्नु भएको छ । अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुट्नु भएको हो ।

अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको जिल्ला अदालत कास्कीका श्रेष्तदार(उपसचिव) राजन खनालले बताउनु भयो । उक्त विगो बराबरको रकम वा बैंक जमानत बस्न नसक्नेहरु लाई भने थुनुवा पुर्जि दियर कास्की कारागारमा पठाउनु भनी आदेश आएको उहाँले जनाउनु भयो ।

रास्वपाका नेता तथा कार्यकर्ताहरु पोखराको राष्ट्रबैंकचोक, वाईचोक, फिस्टेलगेट अगाडी नाराजुलुसु गर्नु भएको थियो । जिल्ला अदालत वरिपरि क्षेत्रमा केही दिन अघि देखि सुरक्षा व्यबस्था कडा पारिदा पर्यटक तथा स्थानियलाई सास्ती भोग्नु परेको थियो ।