भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता पोखरामा हुने

-


     पोखरा क्लिक     
     पौष २३ गते २०८१ मा प्रकाशित


998,677,0,0.4931578947368421,-1

पोखरा २३, पुष,

पोखरामा भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा ३, तेर्सापट्टिमा रहेको भिन्तुना युवा क्लबको आयोजनामा यही पुस २६ र २७ उक्त प्रतियोगिता हुने भएको क्लवले जनाएको छ ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपौँया, उपिवजेता हुने टोलीले ५५ हजार ५५५ रुपौँयासिहत ट्रफी, मेडल प्रमाणपत्र पाउने अर्थ संयोजक राजन श्रेष्ठ ले जानकारी दिनुभयो ।यस्तै, प्रतियोगितामा विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डरले सामान ५ हजार पाउने छन् भने फेयर प्ले टिमले पनि ५ हजार पाउने भएका छन्। प्रतियोगितामा क्वाटरफाइनलपछि हरेक खेलको म्यान अफ दि म्याचलाई एक हजारसहित ट्रफी प्रदान गरिने छ।

सहभागि टिमलाई टिम दर्ताको लागि ६ हजार शुल्क तोकिएको छ भने प्रतियोगिताको सबै खेलहरु स्पोर्ट्स क्यासल गैरापाटन पोखरा, ४ मा हुनेछ।