खेलाडीलाई नगद पुरस्कार नदिएको आरोपमा दुई जना युवा पोखरामा पक्राउ

-


     पोखरा क्लिक     
     पौष २३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २३, पुष,

खेलकुदको शहर पोखरामा खेलाडीलाई नगद पुरस्कार नदिएको आरोपमा दुई जना युवा पक्राउपर्नु भएको छ ।
“पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियन सीप–२०२४” का विजेता खेलाडीलाई पुरस्कार नदिएको आरोपमा कास्की प्रहरीले उक्त खेल संचालक तथा निर्देशक जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्रीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

गत चैत २३ र २४ गते पोखरा राईडर्स क्लबको आयोजनामा पोखरा २३ बाम्दीमा संचालन भएको उक्त प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कार वापतको नगर रकम नदिएको आरोपमा अछाम सिउडी गाउँपालिका. वडा नं. १ घर भई हाल पोखरा ६ जरेबर बस्ने ३१ बर्षका डोली र पोखरा ५ प्रस्याङ बस्ने २९ वर्षका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा आएको जाहेरीको आधारमा पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कार्यालयका सूचना अधिकारी वशन्त कुमार शर्माले बताउनु भयो । पटक पटक ताकेता गर्दा समेत उक्त पुरस्कारको नगद रकम खेलाडीले पाउन नसके पछि जाहेरी परेको श्रोतले पोखराक्लिकलाई जनाएको छ ।

उक्त प्रतियोगितामा दर्ता शुल्क बापत १७ हजार समेत प्रत्येक खेलाडीबाट बुझी लिई सहभागी खेलाडीहरु मध्येबाट प्रथम हुने खेलाडीलाई दिने भनि घोषणा गरेको १ लाख ५० हजार रुपैया नदिई सम्पर्क विहिन भएको भनी कार्यालयमा जाहेरी दरखास्त दिए पश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न बाध्य भएको उहाँले जनाउनु भयो ।

उक्त प्रतियोगितामा महिला तर्फ ललितपुरकी बर्षा बस्नेतले उपाधि जित्दा पुरुष–ओपन इलाइटमा काठमाडौका राजेश मगरले उपाधि हात पार्नु भएको थियो । उहाँहरुलाई उपाधि संगै जनही नगद रु १ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो यद्यपी लामो समय चेक नसाटिए पछि खेलाडीहरुले उजुरी गर्न बाध्य भएको बताउनु भयो ।

त्यस्तै गरि महिला तर्फ दोश्रो मन्दिरा भण्डारी रसुरक्षा केसिले तेस्रो हुँदा पुरुष–ओपन इलाइटमा अन्जित बुढाथोकी दोस्रो हुँदा आशुतोष धोन्जु तेस्रो हुनु भएको थियो । दोस्रो हुनेले नगद रु १ लाख र तेस्रो हुने ५० हजारको चेत प्राप्त गर्नु भएको थियो ।