लक्ष्मी स्मृति पुरस्कारवाट प्राज्ञ उपाध्याय सम्मानित

-


     पोखरा क्लिक     
     पौष २० गते २०८१ मा प्रकाशित


पोखरा, २० पुस,

आमा दिदीवहिनीका विषयमा नेपोलियनले भनेका छन् ‘मलाई शिक्षित आमा देऊ म तिमीलाई असल राष्ट्र दिने छु ।’ जन्म घर मानवको पहिलो विद्यालय हो भने आमा पहिलो गुरु । भगवानको युगदेखि दिदीवहिनीलाई सम्मान गरिदै आएको पाइन्छ ।

मा शिक्षित भए पक्कै पनि उनले घरमा शिक्षाको ज्योति फैलाउन सक्छिन् सोही वाक्यलाई पुरा गरेर स्वर्गमा पुगेकी छिन् लक्ष्मीदेवी सिग्देल । उनै लक्ष्मीका दुई सन्तान मध्ये छोरा शरदकान्तले तीन दशक अघि र छोरी शारदाले दुई दशक अघि घरमै शिक्षित आमा हुनाले स्नातकोत्तर गर्न सफल भए । वि.स.१९९४ साउन १२ गते जन्मेकी लक्ष्मी सिग्देल भद्रकाली माविमा अध्ययनरत धेरै विद्यार्थीहरुको पूज्यनीय गुरुआमा रहिन् । विद्यालयको गुरुआमा मात्र सँगै सिग्देल टोल हुदै वडा नं १३ कै असल छिमेकी बनेकि थिइन् । आमा लक्ष्मीको जस्तो सकारात्मक विचार र भावनालाई दैवलाई पनि लोभ लागेर होला धर्तीवाट वि.स.२०६९ पुुस २० गते टपक्क टिपेर लग्यो । उनै लक्ष्मीको संझनामा २०७० सालामा स्थापित लक्ष्मी स्मृति पुरस्कारबाट प्राज्ञ मुकुन्द शरण उपाध्याय शनिवार पृथ्वीधर सिग्देल समाजको परिसरमा सम्मानित भए ।

लक्ष्मी सिग्देल स्मृतिकोषद्धारा संचालित लक्ष्मी सिग्देले स्मृति पुरस्कार अर्पण पाचौ संस्रकणमा प्रज्ञा उपाध्याय सम्मानित भएका हुन् । शिक्षाविद जोर्ज जोनले उपाध्यायलार्ई नगद ५१ हजार रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । नेपाली भाषा, इतिहास, संस्कृति, नेपाली विषयमा उच्च अध्ययन र अध्यापनद्वारा पु¥याएको योगदानको कदर गर्दै सो पुरस्कारबाट प्राज्ञ मुकुन्दलाई सम्मान गरिएको हो । शिक्षाविद जोनले समाजले सही व्यक्ति छनोट गरेर सम्मान गरिएकोमा समाजको गरिमामय बढेको भने । जीवनमा जति मानिस भेटियो आज सम्म सज्जन मात्र भेटिएको जोनले खुशी सुनाए । सम्मानित व्यक्ति प्रज्ञा उपाध्यायले पोखरामा प्रतिभा भएर पनि लुेकेका व्यक्ति धेरै छन् ती व्यक्तिलाई वाहिर ल्याउन सवै लाग्नु पर्ने धारणा राखे ।

प्रतिभामान व्यक्तिहरुलाई खोज्ने कार्य कम भएकाले अव वाहिर ल्याउने कार्य अगाडि बढ्नु पर्नेमा उपाध्यायको जोड थियो । प्रतिभा छनोट समितिका संयोजक किशोरदत्त वरालले यो कार्यक्रमले लक्ष्मीलाई मात्र सम्मान नभै समाजलाई प्रेणा जगाउने सम्मान भएको वताए । छनोट समितिका सदस्य तथा कवि तीर्थ श्रेष्ठले सम्मानित प्राज्ञ उपाध्यायको जीवनी प्रकाश पारे । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले सेती वारिपारी नभै कुँडहर क्षेत्रलाई पोखराको पर्यावाचीको रुपमा अगाडि बढाउने कार्यक्रम सुरु गरिएको जानकारी गराए ।

समाजसेवी तथा विकासप्रेमी विश्व सिग्देलले कार्यक्रममा स्वागत गर्दै स्व. लक्ष्मी सिग्देलले जीवनमा शिक्षा क्षेत्रदेखी सामाजिक क्षेत्रमा गर्नु भएको योगदानको चर्चा गरे । लक्ष्मी आमाको स्मृतिमा छोरा वुहारी शरदकान्त सिग्देल÷सपना सिग्देल र छोरी छोरीज्वाईं शारदा सिग्देल पराजुली र नारायण पराजुलीले अक्षयकोषको पुरस्कार स्थापना गरेका हुन् । पृथ्वीधर सिग्देल समाजका अध्यक्ष मैया सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा परिवारको तर्फवाट तथा लक्ष्मी आमाकी छोरी शारदा सिग्देल पराजुलीले धन्यवाद र पृथ्वीधर सिग्देल समाजका निवर्तमान अध्यक्ष अजुर्न सिग्देलले साहित्यमय लयमा संचालन गरेका थिए ।