कास्की जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न ।

-


     पोखरा क्लिक     
     पौष १९ गते २०८१ मा प्रकाशित


पौष १९,पोखरा

कास्की जिल्ला माछापुच्छे« गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष मिन ब। गुरुङले मेलमिलाप कर्ताहरुले पशिक्षणको भरमा काम गर्दा कठिनाइहरु रहने भन्र्दै न्यायीक समितिमा सम्बन्धित कानुन अध्यन गरेको व्यक्ति नै राख्न सके थप सहज हुने विश्वस व्यक्त गर्नुभयो ।

मेलमिलापकले बास्तविक पिडितले न्या पाउने गरि जनताको हितमा काम गर्न आग्रह समेत गर्नभयो । उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सीता अधिकारीले न्ययिक समितिको काम कारबहीलाई व्यवस्थित,पभावकारी र गुणात्मक बनाउन, न्यायिक समितिका पदाधिकारीहरु विच निरन्तर सम्र्पक,समन्वय र न्यायमा एकरुपता दिने उदेश्यले सम्मेलनको आयोजन गरिएको बताउनु भयो । गाउँपालिका शुशासन समिति संयोजक,प्रवत्ता एवं वडा नं २ का अध्यक्ष गणेश आर्चायले स्थानीय तहका न्यायिक समितिलाई कतिपय मेलमिलाप पद्धतिको अनुभव र प्रक्रियामा समस्या हने भएकाले यस्ता महत्वपूर्ण सम्मेलनले यप सहजिकरण र सहज हुने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत गोपिकृण अर्यालले मेलमिलापले न्यायपूर्ण र शन्तिपूर्ण समाज निर्माण गर्ने मा जोड दिनु भयो ।
अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक चन्द्रकला अधिकारीले मेलमिलाप प्रक्रियामा दुबै पक्षबीचको सहमतिबाट विवादको समाधान हुने भएकाले मेलमिलाप कर्ताले आफ्नो क्षेत्र अधिकारको पुर्ण प्रयोग गरेर मेलमिलापको माध्यमबाट नै जनताको न्यामा पहुँचको अधिकारलाई रक्षा गर्ने सकिने बताउनु भयो । रुपा गा।पा उपाध्यक्ष एव। न्यायिक समिति संयोजक लालसुभा गुरुङले मुद्धाले अदालतमा प्रवेश गर्नुपुर्व नै कानुनी मर्म र धर्ममा रहेर न्यायिक समितिको छलफल बाट सचेत गराउदै समस्यको समाधान गर्न सकियो भने लक्षित वर्गले सहजरुपमा न्याय पाउने बताउनु भयो ।

मुख्य प्रशिक्षक उपन्यायाधिवक्ता गोपाल ढकालले सम्मेलनमा मेलमिलाप पद्धतिका आधाभूत अवधारण तथा मेलमिलापकर्ताको आचारसंहिताको पालनाको स्थिति,मेलमिलापको बर्तमान अवस्था,हासिल भएका उपलव्धि,देखिएका समस्या तथा भावी कार्यदिशा, अदालत पेरषित मेलमिलापः वर्तमान अवस्था र सुधारका क्षेत्र लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
सम्मेलनमा कास्की जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजकज्यू,ै न्यायिक समिति पदाधिकारीहरु साथै माछापुच्छे« गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । माछापुच्छे« गाउँपालिका उपाध्यक्ष एंव न्यायिक समिति संयोजक सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत न्यायिक समिति सदस्य जमुना पुनले र संचालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेलले गर्नुभयो ।



This will close in 20 seconds