पोखरा १३ मा शनिबार साहित्य पर्व हुने

-


     पोखरा क्लिक     
     पौष १४ गते २०८१ मा प्रकाशित


पोखरा १४, पुष,

पोखरामा विभिन्न स्थानमा मेला र महोत्सव भएको सन्र्दभमा पोखरा १३ मा भने साहित्य पर्व हुने भएको छ । पोखरा १३ को वडालाई कला, संस्कृति, सहित्य तर्फ आकर्षित गराउँदै समाज परिवर्तनमा टेवा पुराउने र सिर्जनात्मक प्रतिभा खोजेर प्रकट गराउने उद्देश्य सहित पोखरा महानगरपालिका–१३ वडा कार्यालयले एकदिने साहित्य पर्व गर्ने भएको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताए ।

समाजसेवी, टोल बिकास समितिका पदाधिकारी, शैक्षिक व्यक्तित्व, विद्यार्थी, साहित्य अनुरागी सहित सम्पूर्ण वडाबासीलाई लक्षित गर्दै यही पुस २० गते शनिवारका दिन साहित्य पर्व गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमा अध्यक्ष बरालले जनाए ।
साहित्य पर्व कार्यक्रम विभिन्न ६ वटा सत्र हुने तयारी गरिएको कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले बताए । पर्वमा साहित्यकार डा.अभि सुवेदी प्रमुख वक्ताका रुपमा रहनेछन् । उनले बर्तमानले देखेको र भविष्यले खोजेको साहित्य माथी आफ्ना भनाई राख्नेछन् ।

यसैगरी विश्व सिंग्देलले वडा नम्बर १३ को इतिहास, बर्तमान र भविष्य एवं वडाभित्रका ऐतिहासिक पृष्ठभूमीको साथै राजनीतिक, सामाजिक, साहित्य लगायत क्षेत्रको बिकासमा खेलेको भूमीका माथि प्रकाश पार्नेछन् । यसमा पत्रकार प्रकाश ढकालले सहजीकरण गर्ने छन । कवि तीर्थ श्रेष्ठले कविता वाचन गर्ने अर्को शत्रको सहजीकरण पत्रकार शोभाकान्त सिग्देलले गर्ने छन् ।

त्यस्तै साहित्यकार सरुभक्तले समाज रुपान्तरणा साहित्यको भूमीका विषयमा भनाई राख्नेछन भने पत्रकार भरत कोइरालाले सहजीकरण गर्ने छन, काजल पराजुली, रजनी परियार, धर्मराज अल्पायुले कविता वाचन गर्नेछन । र्यापर जेनिश क्षेत्री, गायीका सलोमी गुरुङ र लोक गायक अमर धितालको प्रस्तुति पनि रहनेछ ।

यस्तै लोककवि अलि मियाँका लोकगीत तथा तीर्थ श्रेष्ठका केही कवितामाथि कवि तीर्थ श्रेष्ठले बिचार व्यक्त गर्नेछन् । बाबा राणाको सांगीतिक जीवनको यात्रा संवाद समेत हुनेछ । उक्त कार्यक्रमले वडाका साहित्य अनुरागीलाई उक्त कार्यक्रमले थप प्रोत्साहन हुने वडा सदस्य सुचित तामाङले जनाइन् ।