सहारा क्लब हङकङको अध्यक्षमा खम

-


     पोखरा क्लिक     
     पौष १ गते २०८१ मा प्रकाशित


पोखरा १, पुष,

सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले बताए। कार्यसमिति उपाध्यक्षमा सुमित्रा गुरुङ र तिलक गुरुङ, महासचिवमा ओमप्रसाद गुरुङ, सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा प्रवीण गुरुङ, सहकोषाध्यक्षमा उर्मिला घले छन् ।

सदस्यमा सरिता गुरुङ, विकास गुरुङ, राजु गुरुङ ९सुपर०, प्रदीप गुरुङ, राजु गुरुङ, गमन घले, कपिल गुरुङ, शरद ज्वारचन, पूर्ण गुरुङ ९प्रेम०, झोना गुरुङ, करना श्रेष्ठ र संगीता गुरुङ चयन भए । रिक्त पदमा पछि मनोनीत हुने छन् । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका सल्लाहकार कानून व्यवसायी देव गुरुङले सहारा क्लब पोखराको सहयोगमा संस्थाले गरेका गतिविधिको प्रशंसा गरे । उनले आसन्न २४ औं आहारारा पोखरा गोल्डकपका लागि थप ५१ हजार रुपैयाँ सहयोगको घोषणासमेत गरे । समाजसेवीसमेत रहेका गुरुङले क्लबलाई बर्सेनि सहयोग गर्दै आएका छन् । कार्यक्रममा नेपाली महासंघ हङकङका अध्यक्ष र एआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, सहारा क्लब हङकङका प्रमुख सल्लाहकार दुर्गा गुरुङ ९एण्डी० लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव कुमार गुरुङले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष सरोज गुरुङ ९खम० ले गरेका थिए । निर्वाचन समितिमा दुर्गा गुरुङ, अरेन्द्र गुरुङ र दुर्गा मिलन गुरुङ थिए । तस्विर जगत अम्बु गुरूङ