दीननाथ बराल,
पोखरा २९, मंसिर,
नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी प्यानलका माधव बराल निर्वाचित हुनु भएको छ । आज (शनिबार) बिहान सम्पन्न भएको मतगणनाबाट बरालले प्रेस सेन्टर नेपाल र समाजबादी प्रेस संगठनका साझा उम्मेदवार राजेन्द्र अधिकारीलाई ९ मतको झिनो अन्तरले पराजित गर्दै जिर्वाचित हुनु भएको हो ।

अगामी ३ बर्षीय कार्यकालको निर्वाचित हुनु भएको अध्यक्ष बरालले १०५ मत ल्याउदा अधिकारीले भने ९६ मत ल्याउनु भएको थियो । कास्की शाखामा २ सय २० मतदाता (पत्रकार) भए पनि शुक्रबारको मतदानमा भने ९३ प्रतिशत अर्थात २०५ मत खसेको निर्वाचन संयोजक पुण्यप्रसाद पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।
अन्य पदाधिकारीमा युनियन र चौतारी प्यानलकै उम्मेदवारको जित भयो भने अन्य सदस्यमा सेन्टरका दुई जना सदस्य पुष्प दाहाल र (सदस्य महिला) कविता घर्तिमगर निर्वाचित हुनु भयो । त्यसै गरी कास्की शाखाको उपाध्यक्षमा माधव रेग्मी, महिला उपाध्यक्षमा कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिव खुलामा मधु अधिकारी, समावेशी सहसचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा राजाराम पौडेल विजयी हुनु भयो । सचिव पदमा पनि सेन्टर र समाजबादी प्रेस संगठनका सन्देस श्रेष्ठ ४ मत अन्तरले चौतारी र यूनियन प्यानलका भुपाल गुरुङसंग पराजित हुनु परेको हो ।
सदस्यहरुमा अर्जुन गाहा सुशान्त , गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहाल विजयी हुनु भएको छ । त्यसै गरी राष्ट्रिय परिषद् सदस्यमा ५ जना निर्वाचित हुनु भएको छ । निर्वाचित हुनेहरुमा आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट)ः दीननाथ बराल, कृष्णमणि बराल, भरत कोइराला र राज बहादुर गुरुङ रहनु भएको छ । चौतारी र यूनियन प्यानलका सल्यानीले १२४ मत ल्याउदा सेन्टर समाजबादी प्रेस संगठनका साझा उम्मेदवार दीननाथले ११६, स्वतन्त्र उम्मेदवार कृष्णमणि बरालले १०९, चौतारी र यूनियन प्यानलका कोइराला र गुरुङले समान १०८ मत ल्याउनु भएको थियो । परिषद सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको थियो ।
मत परिणाम:
अध्यक्ष
माधव बराल : १०५
राजेन्द्र अधिकारी : ९६
उपाध्यक्ष
कमल पौडेल : ३५
माधव प्रसाद रेग्मी : ९०
श्रीराम सिग्देल : ७७
उपाध्यक्ष (महिला)
कन्चन थापा : १०९
विना कुमारी थापा : ८७
सचिव
भुपाल गुरुङ : १०२
सन्देश श्रेष्ठ : ९८
सहसचिव (समावेशी)
दिलप्रसाद गुरुङ : ७२
धनबहादुर गुरुङ : १२६
सहसचिव
मधु अधिकारी : ११८
श्रीभद्र पौडेल : ८०
कोषाध्यक्ष
राजाराम पौडेल : ११७
सुरेश अधिकारी : ८०
सदस्य (महिला)
कविता घर्तीमगर : १०१
देविका तामाङ : ९४
सदस्य (दलित)
सन्तोष परियार : ५१
सुरेश सुनार : १४३
सदस्य (आदिवासी जनजाती)
पुनम थापा मगर (निर्विरोध)
सदस्य (अन्य समावेशी)
सूर्य परियार (निर्विरोध)
खुल्ला सदस्यहरू:
निर्वाचित (९ जना)
अर्जुन (सुशान्त) गाहा : १५१
गौरव त्रिपाठी : १४३
राजु गिरी : १३२
बालकुमारी पौडेल : १२९
सन्तोष सुवेदी : १२८
रिखिराम जि.सी. : ११७
तुलसीराम सुवेदी : १०७
निराजन अधिकारी : १०६
पुष्पराज दाहाल : १०४
दीपक श्रेष्ठ : १०३
सन्दीप पौडेल :१०३
विष्णु गौतम : ८८
चिरञ्जीवी पौडेल : ८२
राष्ट्रिय परिषद् सदस्य:
निर्वाचित (५ जना)
आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट): १२४
दिननाथ बराल: ११६
कृष्णमणि बराल: १०९
भरत कोईराला : १०८
राजबहादुर गुरुङ: १०८
कृष्ण दवाडी: ८९
मानबहादुर घर्ती: ८१
ऋषिराम बराल: ५०
अमृतराज उपाध्याय: ५०