पोखरा आइटिएफ जे ३० प्रतियोगिता सोमबारदेखि सुरू हुँदै, १० देशका १०५ खेलाडी पहिलो सर्किटमा सहभागि हुदै

-


     पोखरा क्लिक     
     मंसिर १६ गते २०८१ मा प्रकाशित


पोखरा १६, मंसिर,

कास्की जिल्ला टेनिस संघको आयोजनामा भोली (सोमबार) देखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुने भएको छ । यही मंसिर २९ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टहरुमा संचालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पहिलो सर्किटमा १० देशका १०५ जना खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रिती बरालले बताइन् । प्रतियोगितामा सहभागि देशहरुमा नेपाल सहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुको सहभागिता हुने भएको उनले जनाइ् । पहिलो सर्किट पुरुष खेलाडी ७० र महिला खेलाडी ३५ जनाले प्रतिष्पर्धा गर्ने प्रचार प्रसार संयोजक बरालले जनाइन् । उनले भनिन्–“पोखराले विभिन्न १० देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी २ सय ५० जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।” संघ कास्कीका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवर्द्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा आफूहरु रहेको बताए । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।” पहिलो सर्किट सोमबारबाट सुरु हुने कास्की जिल्ला टेनिस संघका सचिव भिष्मराज पौडेलले बताउनु भयो ।

प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले बताएका छन् । उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं । तर पोखरा आउने कनेक्टिभिटीका कारण सोचे अनुरुपा प्रतियोगिता अघि बढ्न सकेको छैन । यसमा राज्यको ध्यान जान आवश्यक छ ।” प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स ̸ महिला सिङ्गल्स तथा डबल्स गरि जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता बारे जानकारी दिंदै प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगितामा पुरुषतर्फ वर्ल्ड ¥याकिङ नं १ जापानी खेलाडी रिकु हिगासी र नेपाली खेलाडी वर्ल्ड ¥याकिङमा चौथो रहेका आरभ सम्राट हाडा र महिलातर्फ वर्ल्ड ¥याकिङ नं १ भारतिय खेलाडी माहिका खन्ना र छैटौं वर्ल्ड ¥याकिङकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता हुने जानकारी दिए । जापानी खेलाडी रिकु गत वर्ष समेत पोखरा आएका खेलाडी हुन् ।
टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगिताका लागि चार जना भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिंदै सहयोगका लागि प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगर संग आग्रह गरिएको बताए । “अहिले हामीले व्यक्तिगत रुपमा खर्च गरेका छौं ।

पोखरा महानगरबाट सहयोग हुने आश्वासन पाएका छौं”,उनले भने । आफुहरुको वोर्ड सदस्यहरुबाट ५ लाख ७० हजार आर्थिक जोहो गरेको कोषाध्यक्ष थापाले सुनाए । प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ ।