पोखरामा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

-


     पोखरा क्लिक     
     मंसिर १५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १५, मंसिर,

पोखरामा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । पोखरा २५ हेमजा शुक्रबार करिब ७ः१५ बजे घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले आईचर ट्रकले ठक्कर दिदा रुकुम पश्चिम घर भई हाल पोखरा याम्दी बस्दै आउनु भएको ५५ वर्षीया धनकुमारी बुढाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक दुर्घटनामा परी गम्भिर घाईते हुनु भएको बुढाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा शुक्रबार बेलुका ७ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल पोखरा १ बगरमा बस्दै आउनु भएको पृथ्बी प्रसाद तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा उक्त गाडीले ठक्कर दिएको स्थानियले जनाउनु भयो । सामाजिक अभियान्ता गिभिना मगरकी आमा उक्त दुर्घटनामा पर्नु भएको हो । जेब्रा क्रसिङमा दुर्घटना हुनु गम्भिर लापरवाही भएको स्थानियले गुनासो गर्दै दोषी उपर कार्वाही गर्न माग गर्नु भएको छ ।