नेपालको आर्थिक बिकासको लागि नेपाली परम्परागत मौलिकमा बस्तु उत्पादन गर्नुपर्छः पूर्व अध्यक्ष मुल्मी,पोखरामा ६० जिल्लाका साना तथा मझौला व्यवसायीहरुको भेला

-


     पोखरा क्लिक     
     मंसिर १५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १५, मंसिर,

नेपालका ६० जिल्लाका साना तथा मझौला व्यवसायीहरु पोखरामा भेला हुनु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं साधारण सभा तथा बिषेश अधिवेसनमा सहभागि हुन देश भरका ६० जिल्लाका २ सय ५० जना पोखरामा सहभागि हुनु भएको महासंघका अध्यक्ष हरिभक्त पराजुलीले बताउनु भयो ।

आइतबारसम्म चल्ने उक्त कार्यक्रमबाट नयाँ नेतृत्व समेत चयन हुने भएको महासंघ गण्डकीका पूर्व अध्यक्ष सुदिप ढुंगनाले बताउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाली परम्परागत मौलिकमा बस्तु तथा सामानहरु उत्पादन गर्नुपर्ने बताउनु भयो । सिपलाई हस्तान्तरण गर्न नसकेको बताउदै उहाँले नेपाली परम्परागत मौलिकमा बस्तु उत्पादन गर्नुपर्ने जोड दिनु भयो । नेपालको मौलिकपन के हो भनेर पहिचान गर्न नसकेको पूर्व अध्यक्ष मुल्मीले दाबी गर्नु भयो ।

देखा सिकीले गर्दा परामर्श विना बस्तु बढी उत्पादन हुँदा उचित मुल्य नपाउने नेपालमा समस्या समेत उत्पन्न भएको उहाँको भनाई थियो । नेपालको अर्थतन्त्रलाई धान्नको लागि साना ताथा मझौला उद्योगी व्यवसायीहरुले भूमिका अहम हुने पूर्व अध्यक्ष मुल्मीले बताउनु भयो ।

व्यवसायीहरु बिच एकले अर्कोलाई मुद्धा हाल्ने नकरात्मक प्रबृत्तिले गर्दा नेपालको व्यवसाय र उद्योगमा ठुलो असर परेको उहाँको भनाई थियो । उद्धेश्य एकै भए पनि हामी एक हुन नसकेको पूर्व अध्यक्ष मुल्मीले जनाउनु भयो । चाइना र भारत जस्ता शक्तिशालि देशबाट नेपालले फाइदा लिन नसकेको बताउदै उहाँले नेपाली मौलिक पनका बस्तु र सामान उत्पादन गरी निर्यात गरी आथिृक लाभ लिन सकिने जनाउनु भयो । नेपालको आर्थिक सुदृढ नगरी चाइना र भारतले नेपाललाई सहयोग गर्न नसक्ने पूर्व अध्यक्ष मुल्मीले जनाउनु भयो ।