
पोखरा, मंसिर १५,
पोखराको ड्यामसाईड क्लबको अध्यक्षमा रमेश प्रसाद बराल चयन हुनुभएको छ । आज (शनिबार) क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
जसमा बरिष्ठ उपाध्यक्ष पुजन थकाली, उपाध्यक्ष नितीन शेरचन(किरण), महासचिव राकेश श्रेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर र्निविरोध चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउनुहुदै खेल बिकासमा स्थानीयस्तरमा संचालित क्लबहरुको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्नुभएको थियो ।
फुटबल खेललाई मुख्य उद्देश्य राखेर करिब तिन दशक अगाडी स्थापना भएको यस क्लबले खेलकुद सँगै सामाजिक कार्यमा पनि आफुलाई समर्पित गर्दै आएको महासचिव राकेश श्रेष्ठले बताउनुभयो । क्लबले नयाँकार्यसमितिको पदस्थापन कार्यक्रम मंसिर २९ गते शनिबार गर्ने तयारी गरेको पूर्व अध्यक्ष पदम ढकालले बताउनु भयो ।




