टिकटकले पर्यटन र शिक्षा क्षेत्रमा योगदान दिने

-


     पोखरा क्लिक     
     मंसिर १३ गते २०८१ मा प्रकाशित


पोखरा ,१३ मंसिर,

पछिल्लो समयमा चर्चीत सामाजिक संजाल टिकटकले नेपालको पर्यटन र शिक्षाको क्षेत्रमा योगदान दिने भएको छ । पर्यटन क्षेत्रमा पर्यटन प्रर्बद्धन गर्ने र शिक्षा क्षेत्रमा शिक्षा मुलक समाग्रिहरु प्रस्तुतः सहित कठिन बिषयहरु समेत टिकटकमा अध्ययन गर्ने गराउने वातावरण सृजना गर्न लागिएको नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनु भयो ।

सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल सिंहदरबार काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा आयोजित गण्डकी प्रदेशसंग समावेशी प्रसारण सम्बन्धमा मन्त्री गुरुङसंगको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रम बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

सार्वजनिक प्रकाशन तथा प्रशारणका संस्थालाई परिमार्जन गरिने बताउदै मन्त्री गुरुङले छलफल कार्यक्रममा दिएको सुझावलाई मनन गर्ने वचन दिनु भयो । सार्वजनिक संचार माध्यमहरु (रेडियो नेपाल, नेपाल टेलिभिजन र रासस) लाई व्यवस्थित गर्दै जनताको प्रत्यक्ष पहुचमा पुर्याउने उहाँले दाबी गर्नु भयो । २०१३ साल देखिका पुराना ऐनबाट सरकारी संचार माध्यमहरुलाई संचालन हुदै आएकोले अब त्यसको संसोधन गर्दै पुनः संरचना गरी अघि बढाउने सरकारको योजना रहेको मन्त्री गुरुङले उल्लेख गर्नु भयो ।

२ करोड ८१ लाख जनताले सुन्ने गरि सेवा प्रवाह गर्दै नेपालको सबै घर धुरीमा रेडियो नेपालको पहुच पुर्याउनु पर्ने उहाँले बताउनु भयो । सरकारी संचार माध्यमहरू आफ्नो खुट्टामा उभिनु पर्ने बताउदै उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सबै राज्यका निकायले बिज्ञापन दिन सुझाव दिनुभयो । हालसम्म सबै भन्दा धरै भाषामा समाचार दिने गरेको रेडियो नेपाललाई अझ धेरै भाषामा समाचार दिदै कार्यक्रमहरु प््राभावकारी बनाउन रेडियोकर्मीले अझ बढी मेहनत गर्न उहाँको सुझाव थियो ।

अनलाईन संचार माध्यममा बढी अराजक भएको मन्त्री गुरूङले बताउनु भयो । सामाजिक संजालमा अराजकता मौलाएको, दुर्गा प्रसाईं जस्ता व्यत्तिहरू चर्चामा आएको उहाँको भनाई थियो । लालपूर्जा र हुलाक टिकट नेपालमा छाप्न सुरू गरेको मन्त्री गुरूङले बताउनु भयो । पहिला काठमाडौं, पोखरा सहितका ६ महानगरबाट फाइप जिपि सुरू गर्ने उहाँले जनाउनु भयो ।

आगामी ३ बर्ष भित्र आईटि क्षेत्रबाट ३ लाख युवालाई रोजगार सृजना गराउने मन्त्री गुरूङले दाबी गर्नुभयो । सरकारले आईटि हब वनाउने योजना अघि सारेको उल्लेख गर्दै उहाँले डिजिटल नेपाल र पेपरलेस बनाउने योजानमा अघि बढेको उल्लेख गर्नु भयो । इन्टरनेट सेवालाई प्रभावकारी र कसरी सस्तो बनाउन सकिन्छ भन्ने बारेमा आफुहरुले गृहकार्य गरेको सुनाउदै मन्त्री गुरुङले नेपालको सुरक्षा, आफ्नो स्वाभिमानको लागि पनि आफ्नै स्याटलाइट बनाउनु पर्ने आफ्नो आकाशमा आफ्नै स्वामित्व हुनु पर्ने उहाँको भनाई थियो । हुलाक सेवालाई समय अनुसारको पुनःसंरचना गरी पालिका, जिल्ला र प्रदेश हुदै केन्द्रमा हुलाक सेवाका कार्यालयहरुमा व्यबस्थापन गर्ने सरकारको योजना रहेको उहाँले जनाउनु भयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको पहिलो उपलब्धि रेडियो नेपाल भएको स्मरण गर्दै सबै नेपालीको संचार माध्यमको रुपमा बनाउन सुझाव दिनु भयो ।

रेडियो नेपालले २३ वटा स्टेसनबाट भौगोलीक रूपमा हिमालदेखि पहाड हुँदै तराईसम्म सेवा प्रवाह गर्दै आएको कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले बताउनु भयो । देशभर रेडियो नेपालको केन्द्रीय कार्यालयबाट ६ सहित २५ भाषाबाट भाषाबाट समाचार प्रशारण हुँदै आएको उहाँले जनाउनु भयो ।

नेपाल मगर संघ गण्डकीका अध्यक्ष तारामाया मगरले समय अनुसार रेडियो परिस्कृत हुन नसकेको गुनासो गर्नु भयो । तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले रेडियोले प्रविधिको अधिक्तम प्रयोग गर्न सुझाव दिदै राष्ट्र भाषाको प्रबर्द्धन गर्न आग्रह गर्नु भयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक अम्मर ध्वज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियोका निर्देशक पुष्करराज गौतम, प्रादेशीक कार्यालय प्रमुख शान्ती गुरुङ, गण्डकी प्रदेशका प्रेस रजिस्टार बिमला भण्डारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यखड्का विखर्ची, फोनिज गण्डकीका उपाध्यक्ष खिमा गुरूङ, डा.चन्द्र बहाुदर गुरुङ, अग्रज पत्रकार उदयबहादुर अमात्य, पत्रकार कमल पौडेल अथक, बरिष्ठ संचारकर्मी पुरूषोत्तम न्यौपाने लगायतले रेडियोको बारेमा चर्चा गर्नु भयो । रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय गण्डकी प्रदेश पोखराको समन्वयमा पोखरा लेकसाइडको माउन्ट कैलास रिसोर्टमा भएको कार्यक्रममा विभिन्न समुदायका व्यत्ति सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले रेडियोका कार्यक्रमहरु अझ प्रभावकारी बनाउन सहभागिले सुझाव दिनु भएको थियो ।



This will close in 20 seconds