
दीननाथ बराल,
पोखरा १३, मंसिर,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज मित्र राष्ट्र भारतबाट पहिलो चार्टर्ड उडान भएको छ । भारतको दिल्लीबाट पोखराको लागि विहिबार साँझ ५ः५० बजे जेल एयरको सानो जहाज पोखरामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसुधा सुवेदीले बताउनु भयो ।
क्रु सहित ४ जना यात्रु लिएर आएको बिमान भोलि दिउँसो ४ः४० बजे बंगलादेशका लागि उडान हुने भएको उहाँले जनाउनु भयो । ३५ हजार तौल भएको पाइभेट सिंगल इन्जिन जेट बिमान भाराट पोखरामा पहिलो पटक आएको हो ।
पोखरा विमानस्थल संचालन भएको दुई वर्षको अवधिमा हालसम्म नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान हुन नसके पनि चाइना, भुटानबाट हालसम्म ९ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ ।
आगामी डिसेम्बर २६ मा पनि चाइनाबाट चार्टर्ड उडान हुने भएको बताइन्छ । पोखरामा ड्रागन बोर्ट फेष्टिवल, क्रस कन्ट्रि पर्वतीय दौड लगायतका कार्यक्रमको लागि खेलाडी सहितका अतिथि चाइनाबाट पोखरा आउनु भएको थियो । पोखराका पर्यटन तथा निजी क्षेत्रबाट पोखरामा अन्तराष्ट्रिय हवाई उडान गर्न माग गर्दै आए पनि हालसम्म पोखरेलीको माग सम्बोधन हुन सकेको छैन् ।