पोखरामा भारतबाट पहिलो चार्टर्ड उडान

-


     पोखरा क्लिक     
     मंसिर १३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल
पोखरा १३, मंसिर,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छिमेकी मुलुक भारतबाट पहिलो चार्टर्ड उडान हुने भएको छ । भारतको दिल्लीबाट पोखराको लागि आज साँझ ६ः०० बजे जेल एयरको सानो जहाज पोखरामा आउने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले बताउनु भयो ।

केही यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाने भएको उहाँले जनाउनु भयो । ३५ हजार तौल भएको पाइभेट सिंगल इन्जिन जेट बिमान भारतबाट पोखरामा पहिलो पटक आउने भएको हो । उक्त विमानमा कति जना सवार छन भन्ने बिषयमा आफुहरु समेत अन्यौलमा रहेको उहाँको भनाई छ ।

पोखरा विमानस्थल संचालन भएको दुई वर्षको अवधिमा हालसम्म नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान हुन नसके पनि चाइना, भुटानबाट हालसम्म ९ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ ।