
दीननाथ बराल,
पोखरा १०, मंसिर,
पर्यटकीय नगरस्ी पोखरामा नेपाल फर्निचरको चौथो शाखा विस्तार भएको छ । पोखरामा फर्निचरको माग बढी भएकोले आफ्नो शाखा विस्तार गरिएको नेपाल फर्निचरका संचालक एवं युवा व्यवसायी सुजन अधिकारीले बताउनु भयो ।

केन्द्रिय कार्यालय काठमाण्डौंमा रहेको नेपाल फर्निचरले स्वदेशमा उत्पादित बस्तुबाट गुणस्तरिय र टिकाउका फनिचर तथा फर्निसिङका सामानहरु उत्पादन गर्दै आएको उहाँले जनाउनु भयो । उहाँले भन्नु भयो“ हामीले नेपालीको माया गर्ने र नेपाली उतपादन मन पराउने ग्राहकहरुको लागि उहाँहरुको इच्छा र चहाना अनुसारका फर्निचर हामी उत्पादन गरेर दिन सक्छौं । ” शिसौबाट निर्माण हुने फर्निचरका सामानहरु पछिल्लो समयमा नेपालीहरुले अत्याधिक मन पराउने गरेको संचालक अधिकारीले जनाउनु भयो । चितवन र वुटवलमा समेत शाखा विस्तार गरेको नेपाल फर्निचरले पोखरामा शाखा विस्तार गरेसंगै नेपालका अन्य शहरमा समेत विस्तार गर्ने योजनामा रहेको छ ।

करिब १ सय जनालाई प्रत्यक्ष रोजगार दिएको उक्त उद्योगले काठमाण्डौंमा विभिन्न डिजाइनका फर्निचर तथा फर्निसिङका सामानहरु बनाउने गरेको छ भने अन्य शाखामा सोरुमबाट बिक्रि वितरण गर्दै आएको हो । पोखराको प्रस्र्याङमा रहेको उक्त सोरुममा उद्घाटनको अवसरमा फर्निचरका सामानहरु खरिमा बिषेश छुटको व्यबस्था गरेको संचालक अधिकारीले पोखराक्लिकलाई बताउनु भयो । ११ बर्ष अघि सुरु भएको उक्त उद्योग संचालनमा सुरुमा केही बर्ष कठिन भए पनि केही बर्ष देखि नेपाली उत्पादनका सामानको महत्व बुझ्ने केही व्यक्तिहरु आफ्नो सोरुममा आउने गरेको उहाँले जनाउनु भयो ।
विदेशबाट आयात हुने फर्निचर तथा फर्निसिङका सामानमा अखौंको रुपैया विदेशीने हुदा त्यसलाई रोक्न पनि आफुहरुको अभियान रहेको अधिकारीको भनाई छ । गुणस्तरीय, आकर्षक र आफ्नो बजेट तथा चाहना अनुसारको सामान ग्राहकले अडर दिन सक्ने उहाँले जनाउनु भयो । यसैबिच, पोखरा शाखाको सोरुम पोखराका चर्चित पत्रकार अपिल त्रिपाठीले उद्घाटन गर्नुभएको थियो ।




