
दीननाथ बराल,
पोखरा ९, मंसिर,
इलेक्ट्रीक स्कुटर टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरियन्ट पोखरामा बिक्रि वितरण सुरु भएको छ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबको २.२ किलोवाट आवर भेरियन्ट पोखरामा आइतबार सार्वजनिक गरेसंगै उक्त स्कुटर बिक्रि वितरण गर्न सुरु भएको हो ।

सिटी स्क्वायर व्याइवेट, न्युरोडमा आयोजित उक्त क्षेत्रीय उद्घाटन कार्यक्रममा यस क्षेत्रका ग्राहकहरूको लागि थप किफायती तथा उत्कृष्ट प्रविधि भएको इलेक्ट्रीक सवारी साधनको विकल्पको रुपमा आएको कम्पनीको दाबी छ । नयाँ भेरियन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने हुँदा आफ्नो प्रतिबद्धता कायम राखेको कम्पनीले जनाएको छ । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९ सय छ भने इभी. स्कुटरलाई अझ पहुँचयोग्य बनाएको जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बताउनु भयो ।
कम्पनीका अनुसार टिभिएस आईक्युव तीन प्रमुख सिद्धान्तहरूबाट प्रेरित छः पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् । स्क्वायर मोटर्स प्रालिले पोखरा क्षेत्रको लागि अधिकारीक बिक्रेता हो । पोखरामा उक्त स्कुटरको अत्याधिक माग भएको स्क्वायर मोटर्स प्रालिका अध्यक्ष आर्दशमान श्रेष्ठले बताउनु भयो ।
उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका उपाध्यक्ष मधु प्रकाश सिंहले ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गर्न सक्ने बताउनु भयो ।
विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेको दाबी गर्दै उहाँले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्नु भएको छ । आईक्युब २.२ किलोवाट आवर भेरिएन्टले २ घण्टामै सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गरेको छ ।
दुई पाङ्गे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्दै जाने र आm्नो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेको जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले जनाउनु भयो ।
टिभिएस आईक्युबसँगको गत एक वर्षामा राम्रो सफल हात पार्न सफल भएको उहाँको दाबी छ । नयाँ टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौँभरका ४० टिभिएसका आधिकारिक डिलरहरूमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टका मुख्य विशेषताहरु व्याट्री क्षमता २.२ किलोबाट–आवर, चार्जर ९५० वाट, ५ इन्चको रंगीन टिएफटी स्क्रीन, सबैभन्दा फास्ट चार्जिङ २ घण्टा (०–८०%), सवारी दुर्घटना तथा टो अलर्ट रहने जस्ता सुविधाहरु रहेका छन्।





