
पोखरा ८, मंसिर,
स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको त्रिदिवसीय वार्षिक खेलकुद प्रतियोगिता समापन भएको छ । शुक्रबार विभिन्न खेलहरु अन्तिम चरणका फाइनल प्रतिश्प्रर्धा मालेपाटन चौर र विद्यालय प्राङ्गणमा सम्पन्न भएका छन् । क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, रिले दौड, कुर्सी दौड आदि खेलहरुको फाइनल बिहिवार सम्पन्न भैसकेका थिए भने व्याडमिन्टन,टेवल टेनिस, चम्चा दौड आदि खेलहरु शुक्रबार सम्पन्न भएका छन् ।
विद्यालयमा भएको छात्र क्रिकेट तर्फ सुृहान थापाको समूहले अशिम गैरेको समूहलाई १५ रनले पराजित गर्न सफल भएका छन् । दुई सय मिटर दैडको सिनियर छात्र तर्पm युजन गुरुङ्ग प्रथम, एन्जल भुषाल द्वितीय र रोदिप थापा तृतीय भएका छन् भने छात्रा तर्पm वर्षा सापकोटा, कृतीका अधिकारी र कशिस क्षेत्री क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् । जुनियर छात्रा तर्पm आकृती थापा प्रथम, पर्सा घर्ति मगर द्वितीयर आशावि.क.तृतीय हुन सफल भएका छन् ।
सिनियर फुटबल छात्र तर्फ मार्कोनी सदन प्रथम भएको छभने ग्यालिलियो सदन द्वितीय हुन सफल भएको छ, जुनियर छात्र फुटबल तर्फ न्युटन सदन प्रथमर मार्कोनी सदनको टिम द्वितीय हुन सफल भएका छन् ।त्यसैगरि जुनियर छात्रा तर्फ न्युटन सदन प्रथम भएको छ भने मार्कोनी सदनको टिम द्वितीय हुन सफल भएको छ ।
छात्र बास्केटबलमा मार्कोनी सदन प्रथम भएको छ भने न्युटन सदन द्वितीय हुन सफल भएको छ, त्यसैगरि छात्रा बास्केटबल मान्युटन सदन प्रथम भएको छभने आइन्स्टाइन सदन द्वितीय हुन सफल भएको छ । सिनियर छात्रा रिले दौड तर्फ न्युटन सदनको बर्षा सापकोटाको समूह प्रथम भएको छभने आइन्स्टाइन सदनको राशिका श्रेष्ठको समूह द्वितीय हुन सफल भएको छ । जुनियर छात्रा रिले दौड तर्फमार्कोनी सदनको पर्सा घर्ती मगरको समूह प्रथम भएको छ भने न्युटन सदनको एलिजा खड्काको समूह द्वितीय हुन सफल भएको छ ।
सिनियर छात्र टेवल टेनिसमा सुहान थापा प्रथम रबिकलजि. सी द्वितीय भएका थिएभने अमन थापा र रुद्र कुवर तृतिय हुन सफल भएका छन् । सिनियर छात्रा टेबल टेनिसमा किन्जलगिरी प्रथम रस्नेहा धिताल द्वितीय बर्षा सापकोटा र बसन्ती बराल तृतिय हुन सफल भएका छन् । जुनियर छात्र टेवल टेनिसमा अनिस गिरी प्रथम र रोनिश गौतम द्वितीय भएका थिएभने आयुष बि.क. र सौरव भण्डारी तृतिय हुन सफल भएका छन्। छात्रा ब्याडमिन्टनमा आकृती थापा प्रथम र पुर्निमा गुरुङ्ग द्वितीय भएका थिएभने दिपिका तिमिल्सिना र कृतिका पौडेल तृतिय हुन सफल भएका छन् ।
खेल शिक्षक इच्छा गुरुङ्को संयोजकत्वमा सम्पन्न खेलकुद प्रतियोगितामा डक्टर थापा, मेघनाथ गिरी, नवीन राना, रामचन्द्र शर्मा, युवराज लामिछाने, सुबास सुबेदीमार्शल बराल र दिपक गिरीले रेफ्रिको भूमिका निर्वाह गरेका थिए । आइन्स्टाइन, मार्कोनी, ग्यालिलियो र न्यूटन गरीचार सदन मावि भाजित विद्यार्थी बिच सदनात्मक रुपमा प्रतिश्पर्धा गराइएका खेलहरुमा विजेता विद्यार्थीहरुलाई विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्राचार्य दिपकगिरी र कोर्ओडिनेटर सूर्य प्रसाद लम्सालले अविर लगाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।







