दोस्रो गोर्खाली अन्तर समाज खुल्ला सामुहिक लोक नृत्य प्रतियोगितामा ताङतिङ दुध समाज प्रथम, ७५ हजार हात पार्यो

-


     पोखरा क्लिक     
     मंसिर ७ गते २०८१ मा प्रकाशित


पोखरा, ७ मंसिर ,

पोखरामा रहेको गोर्खाली रेडियोको आयोजनामा भएको दोस्रो गोर्खाली अन्तर समाज खुल्ला सामुहिक लोक नृत्य प्रतियोगितामा ताङतिङ दुधपोखरी तमु समाज प्रथम भएको छ । पोखरा सभागृहमा शुक्रबार भएको प्रतियोगितामा ताङतिङ प्रथम हुँदै नगद ७५ हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा विभिन्न जातीय समाज, भूपू सैनिकसहितको १२ टिम सहभागीता थियो ।

प्रतियोगितामा चिउले पाचे तमु समाज दोस्रो र पोचोको तमु समाज तस्रो बन्यो । यि २ समुहले क्रमशस् ५० हजार र ३० हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो । भने, शिसुवा र कोल्मा बहाकोट तमु समाजले सान्त्वना बन्दै १०र१० हजार रुपैयाँ प्राप्त गरेको रेडियोका अध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा गोर्खा बिग्रेडलाई उत्कृष्ट भूपू सैनिक टिम घोषणा गरी रु १० हजार र ट्रफि प्रदान गरिएको थियो । यो पुरस्कारको प्रायोजन गोर्खाली रेडियोका सल्लाहकार मे। लक्ष्मीप्रसाद गुरुङले गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायक संयोजकमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय, गण्डकी प्रदेश पोखराको प्रमुखमा शान्ति गुरुङ, संस्कृतकर्मीहरु गजबहादुर गुरुङ ‘गजेन्द्र’ र कृष्णकुमार गुरुङ सदस्य हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेशमा संस्कृतिको धनी भएकाले यसको संरक्षण र संवद्र्धनमा यस्तो खालको प्रतियोगिताले सघाउने बताउनुभयो । यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । प्रदेश सभामा पनि संस्कृति संरक्षणका लागि आफूले आवाज उठाइरहेको सांसद गुरुङले सुनाउनुभयो ।

३५ वर्षभन्दा माथिको लोक कलाकारहरुमा रहेको प्रतिभा प्रस्फुटन गरी स्थानीय लोक भाका, कला, संस्कृति, मौलिकताको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रेडियोकी स्टेशन म्यानेजर खिमाकुमारी गुरुङले बताउनुभयो । प्रतियोगितामा पौराणिक कथामा आधारित घाटु, सोरठी, कृष्णचरित्र र भजनबाहेक लोक नृत्यलाई प्राथमिकता दिइएको उहाँले सुनाउनुभयो । कार्यक्रम भव्य सफल बनाउनका लागि सहयाग गर्ने सबैमा उहाँले आभार प्रकट पनि गर्नुभयो । कार्यक्रमबाट बचत भएको रकमको १० प्रतिशत रकमबाट असहाय बालबालिकालाई सहयोग गरिने कार्यक्रम संयोजक डब्लू ओ टू बलबहादुर गुरुङले जानकारी दिनुभयो ।
रेडियोका अध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षता भएको कार्यक्रम स्टेशन म्यानेजर खिमा गुरुङले सञ्चालन गर्नुभएको थियो ।