अल्फा बोर्डिङमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

-


     पोखरा क्लिक     
     मंसिर ७ गते २०८१ मा प्रकाशित


पोखरा १६,

लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलले लामाचौर गोस्ते घाट खेल मैदानमा एक विशेष कार्यक्रमका बिच शुक्रबारका दिन वार्षिक खेलकुद कार्यक्रम समापन समारोह सम्पन्न गरेको छ । वार्षिक खेलकुद कार्यक्रमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले अल्फा बोर्डिङ स्कुलले शैक्षिक कार्यक्रमको साथसाथै खेलकुद क्षेत्रमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । साथै हरेक वर्ष विद्यालयले प्रदेश तथा देशकालागि खेलकुदमा सक्षम जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरेका थिए । विद्यालयका प्रशासक निराजन थापाको संयोकत्वमा संचालित उक्त प्रतियोगिताको समापन समारोह विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा विद्यालयका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

समापन समारोहमा उत्कृष्ट खेल प्रर्दशन गर्ने सम्पूृर्ण खेलाडी विद्यार्थीहरु तथा सदनहरुलाई कार्यक्रमका प्रमुख अतिथी तेजबहादुर गुरुङको हातबाट पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारी, विद्यालयका निर्देशक दिपक गुरुङ, विद्यालयका सह प्राचार्य कृष्ण लम्साल, कार्यक्रम संयोजक निराजन थापा एवं परीक्षा संयोजकले विद्यार्थीहरुलाई यस्ता प्रतियोगितामा सक्रिय सहभागिता जनाउनका लागि उत्साहित हुन अभिप्रेरित गरेका थिए । विद्यालयका विज्ञान शिक्षक सन्दिप वि.क. ले सञ्चालन गरेको औपचारिक समापन समारोहमा विभिन्न सदन शिक्षकहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।