पोखरामा स्कुटरबाट भिरमा लडेर एक युवाको ज्यान गयो

-


     पोखरा क्लिक     
     कार्तिक २८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, कार्तिक,

पोखरामा स्कुटरबाट भिरमा लडेर एक जना युवाको ज्यान गएको छ । भिर र झाडीको कारण सडक दुर्घटनामा परी भिरमा खस्न पुगेका

पोखरामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ स्थित लाँकुरी डाँडामा स्कुटर दुर्घटना हुँदा रुकुम पश्चिमको चौरजहारी गाउँपालिका वडा नम्बर १४ घर भएका २६ वर्षीय मौसम पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेगनास–भोर्लेटार सडकखण्डको भिरमा बा ७९ प ५८८७ नम्बरको स्कुटर सडकबाट तलको भिरमा खस्न पुग्दा मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा डाडाँकोनाकका प्रहरी निरिक्षक हरि बहादुर सलामीले बताउनु भयो । गत सोमबार बिहान करिब ८ः१५ बजे पोखरा ३१ म रहेको आफ्नो डेराबाट स्कुटरमा निस्कनु भएको पुन एक्कासी भिरालोमा स्कुटरसंगै खस्न पुग्दा समयमै उपचार र गुहार नपाएर मृत्यु भएको स्थानियले बताउनु भयो ।

दुई दिन देखि सम्पर्क विहिन भए पछि उहाँको खोजि कार्य गर्दै जादा पुन सडक देखि करिब ४० मिटर झाडी सहितको तलको भिरमा मृत अबस्थामा भेटिएको थियो । उहाँको शव हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखराको शव गृहमा राखिएको छ । पुनको शव भिरमा अड्किएको अबस्थामा भेटिएको थियो ।