नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्नेः पूर्वजनरल महता

-


     पोखरा क्लिक     
     कार्तिक २६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २६, कार्तिक,

भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले भारतमा नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्ने बताउनु भएको छ । २÷५ जी आर ९एफ एफ० ९भी।सी।पल्टन० पूर्व सैनिक परिवार पोखराको १३८ औं जन्म जयन्ती को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा आइतबार पोखरामा वोल्दै पूर्वजनरल मेहताले सयौं देखि नेपाल र भारत बिचको सम्बन्ध छुट्टै रहेको उल्लेख गर्दै केही बर्ष देखि स्थगित भएको भर्ती केन्द्रलाई पुनः संचालन गर्न आग्रह गर्नु भएको हो ।

यस बिषयमा नेपाल सरकारले भारत समक्ष पुनः भर्ति केन्द्र खुलाउनको लागि आवश्यक सहजीकरण गर्न सुझाव दिदै पूर्वजनरल मेहताले नेपालले माग मात्र गरेको खण्डमा भारतबाट सहज ढंगबाट भर्ति खुल्ला हुन सक्ने जनाउनु भयो । भारतको गडवाल लगायतका भर्ति केन्द्र संचालन भई रहेको अबस्थामा नेपालबाट समेत भारतमा भर्ति हुन जान चहानेहरुको लागि खुल्ला रोक्न नहुने उहाँको तर्क थियो । ५ बर्षीय अवधिमा अग्निविर परिपार्टीबाट ७५ प्रतिशतलाई एक मुस्ट करिब १२ लाख दिने गरी उक्त भर्ति केन्द्र संचालन भएसंगै नेपाल सरकारले करिब ५ बर्ष देखि भारतमा भर्ति हुने युवाहरुलाई रोकेको संस्थाका सचिव अनेरी सुवेदार मेजर९क्लर्क० दल बहादुर गुरुङले बताउनु भयो । संस्थाका अध्यक्ष सुबेदार मेजर अनेरी क्याप्टेन सुदर सिंह थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल मामिलाका जानकार मानिने मेहता नेपालको बारेमा जानकार हुने भारतीय मध्येका एक हुनुहुन्छ उहाँले नेपाल भारत बिचको सयौंको सम्बन्ध रहेकोले भर्ति केन्द्र समेत विगत लामो समय देखि संचालन हुदै आएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।

स्पष्ट नेपाली बोल्न सक्ने उहाँ बर्षको दुई पटक पोखरा लाहामेआहालमा आउने गर्नु हुन्छ । उहाँका फगुपुर्णिमा पर्व र तिहारको अवसरमा पोखरा आउनु हुने भएको छ । भारतको राजधानी दिल्लीमा बस्दै आउनु भएको महता दैनिक जसो साँढे दुई घण्टा पैदल हिड्ने गर्नु हुन्छ ।



This will close in 20 seconds