रास्वपाका सभापति रवि लामिछानेलाई पुनः म्याद थप

-


     पोखरा क्लिक     
     कार्तिक २५ गते २०८१ मा प्रकाशित


पोखरा २५, कार्तिक,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पुनः १३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पक्राउ पर्नु भएको सभापति लामिछानेलाई कास्की जिल्ला अदालतले चौथो पटक थप १३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रवि माथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताउनु भयो । पहिलो पटक ६ दिन म्याद दिएकोे अदालतले दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको म्याद दिएको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामिछाने विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ । उहाँलाई अब रुपन्देही लैजाने बताइन्छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको भन्दै पूर्वप्रबन्ध निर्देशक रवि सहित पूर्वउपाध्यक्ष समेत रहनु भएको पूर्वडीआईजी छविलाल जोशीलाई समेत अदालतमा उपस्थित गराइएको छ ।

यसैबिच, रास्वपाले आइतबार पार्टी कार्यालय किरोकिलोमिटर देखि बिरोध प्रर्दशन गर्दै पोखराको चिप्लेढुंगासम्म पुगेको थियो । आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर म्याद थप गर्दै हिरासदमा राखेको रास्वपाको आरोप छ । पोखराको सुरक्षा व्यबस्था कडा पारिएको थियो ।