सहारा बाल आरभूत माविमा शौचालय शुभारम्भ

-


     पोखरा क्लिक     
     कार्तिक २३ गते २०८१ मा प्रकाशित


पोखरा २३, कार्तिक

पोखरा महानगरपालिका वडा नं–०९, शिवटोल, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा पक्की शौचालय शुभारम्भ गरिएको छ । नेवा द्वारा स्थापित शौचालय जीर्ण भई विद्यार्थीहरुलाई प्रयोग गर्न असहजता भएको अवस्थामा पोखरा वडा ९ को ३ लाख र युके निवासी कार्डियोलोजिस्ट डाक्टर प्रिया गुरुङको रु १ लाखमा उक्त शौचालय पूर्ण रुपमा मर्मत गरी वडा नं –०९, का अध्यक्ष दिपेन्द्र मर्सानीले शुभारम्भ गगर्नु भएको हो ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारिले वाल मैत्री शिक्षामा गुणस्तरीय शौचालय निकै नै महत्वपुर्ण हुने धारणा राख्नु भयो ।

वडा कार्यालय र डा. गुरुङको सहयोगमा मर्मत गरिएको शौचालयमा छात्र र छात्रा हरुका लागी १÷१ ,अपाङ्ग मैत्री शौचालय १ र हात धुने स्थान गरि सुविधा सम्पन्न रुपमा सेवा सुचारू गरिएको छ । कार्यक्रममा बोल्दै युवा व्यवसायी तथा समाजसेवी सपाना गुरुङले बोलेर भन्दा काम गरेर देखाउने प्रवृति सबैमा भयो भने नतिजा उल्लेख्य हुने धारणा व्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधि नन्दराम गिरीले विद्यालयलाई भौतिक रुपमा सम्पन्न बनाउने दायित्वका साथसाथै गुणस्तरीय शिक्षाका लागि पनि सबै पक्ष जिम्वेवार हुँदा उपलब्धि हाँसिल हुने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी वडा नं–०९,का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयले पछिल्लो समयमा भौतिक तथा शैक्षिक रुपमा फड्को मारेको देखेर खुशी व्यक्त गर्दै अध्यक्ष थकालिलाई धन्यवाद ज्ञापन गर्नु भयो । शिक्षा आफ्नो पहिलो प्राथमिकतामा सदैव रहने धारणा उनले राख्नु भयो ।विद्यालयका अध्यक्ष विक्रम थकालीले कार्यक्रम समापनका क्रममा बोल्दै करिव २७० बालबालिकाहरुले प्रयोग गर्ने शौचालय पूर्ण मर्मतका लागी वडा नं ९, परिवार त्यसै गरि अपुग रकमको लागि पहल गरि दाता खोजिदिने लालकाजी गुरुङका साथसाथै दाता डा. प्रिया गुरुङ(कार्डियोलोजिस्ट) लाई हृदयदेखिनै धन्यवाद व्यक्त गर्दै उपस्थित सबै अतिथी,दाता, अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको उपस्थितिले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पोखरा मनपा वडा नं ९, का वडा सदस्यहरु लक्ष्मी पहारी, गीता चर्माकार, वडा सचिव, सहारा क्लबका अध्यक्ष, पूर्व अध्यक्षहरु, सहयोगी दाताहरू,सहारा युके का प्रतिनधिहरु, सहारा हङकङका प्रतिनिधिहरु, विभिन्न टोलविकास ,आमा समूह, क्लब तथा संघसस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगाएतको उपस्थिति रहेको थियो ।



This will close in 20 seconds