पोखरा २३, कार्तिक
ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीको टोलीले पर्यटन पदमार्गलाई व्यवस्थित गर्दै पर्यटकहरुको बसाइलाई लम्ब्याउने उद्देश्यले ताल पारिको अनदु गाउँ र फेवाताल शान्ति स्तुपा पदमार्गको अवलोकन गरेको छ । पुरानो गारेटो बाटो रहेको यस बाटो पर्यटकीय हिसावले पदयात्राको लागि उपयुक्त पदमार्ग भएकोले उक्त पदमार्गको अवलाकेन गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।
यस बाटो पछिल्लो समय सडक विस्तारले हराउँदै गएको अवस्थामा यसको स्तरोन्नति गरि पर्यटकको बसाइ लम्व्याई सकिने विश्वास सहित यसका अवसर, सम्भावना र चुनौतीको खोजी गर्न पदयात्रा सहित स्थलगत अवलोकन गरिएको उहाँले जनाउनु भयो ।
विश्व शान्ति स्तुपाबाट शुरु पदयात्रामा सहभागि गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले प्रकृतिसँगको सामिप्यता र नजिकबाट मनोरञ्जन लिन सकिने पदमार्ग भएकोले यस पदमार्गको स्तरोन्नतिमा मन्त्रालयले सहकार्य गर्ने बताउनु भयो । साथै उहाँले यस पदमार्गको स्तरोन्नतिको लागि प्रदेश सरकारले पहिलो चरणमा ५० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख गर्नु भयो ।
तालपारिको अनदु गाउँ र फेवाताल स्तुपा पदमार्गलाई थप व्यवस्थित गरी सुरक्षित पदयात्रा गराउन सकेमा पदयात्रीको संख्या बढ्ने सक्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । ‘एक दिन भए पनि पोखरामा पर्यटकको बसाईँ लम्ब्याउन सकिने विश्वाससहित यस पदमार्गको स्तरोन्नतिको लागि टान गण्डकी लागिरहेको
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जनाउनु भयो । यस पदमार्गमा कम्तिमा पनि ५ देखि ६ घण्टा पदमात्रा गरेर आनन्द लिन सकिन्छ ।’
पोखरा २२ निवासी समाजसेवी एवं पर्यटन स्यवसायी प्रकाश गुरुङ लगायत लगायत उपस्थित अन्य स्थानीयहरुले स्तरिय पदमार्गको स्तरोउन्नति गर्न बजेटको अभाव भएको भन्दै सहयोगको लागि पर्यटनमन्त्री बस्यालको ध्यानाकर्षण गराउनु भएको थियो । पदयात्रामा टान गण्डकीको टोलीसँगै पोखरा २२ का जनप्रतिनिधि र स्थानिय गरि करिव २० जनाको सहभागिता रहेको थियो ।