पोखराको बसुन्धरा पार्कमा पोखरा कुनमिन मित्रता पार्क,चाइनिज टोली पोखरा भ्रमणमा व्यस्त

-


     पोखरा क्लिक     
     कार्तिक २३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल
पोखरा २३, कार्तिक,

पोखराको बसुन्धरा पार्कमा पोखरा कुनमिन मित्रता पार्क निर्माण गरिएको छ । चाइना सरकारको सहयोगमा हालै निर्माण भएको उक्त पार्कको आज (शुक्रबार) एक समारोहका बिच चाइनाको युनान प्रान्तका खेल व्युरोका महानिर्देशक याङ जोङहुवा, नेपाल स्थित चाइनिज राजदुत छन सोङ, पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिनाले संयुक्त रुपमा उक्त पार्कको अनावरण गर्नु भएको हो ।

उक्त पार्कमा ५ वटा बस्नमिल्ने टायल विच्छाएको वेन्च, भूईमा ढुंगा बिच्छाइएको छ भने केही भाग ढलान गरिएको छ । उक्त कार्यक्रममा पोखरा महानगरका विभिन्न वडाका वडा अध्यक्ष, पोखरा महानगरका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतको सहभागिता रहेको थियो । चाइना सरकारले पोखरा महानगरसंगको सहकार्यमा उक्त पार्क निर्माण गरेको हो । उक्त पार्कको लगत स्टमेटको बारेमा आफुहरुलाई खासै जानकारी नभएको पोखरा ६ का अध्यक्ष बिष्णु बहादुर भट्टराईले गुनासो गर्नु भयो ।

यसैबिच, शनिबार पोखरामा हुने तेश्रो क्रस कन्ट्रि पर्वतीय दौड प्रतियोगिताको लागि पोखरा आएको एक टोलीले पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो प्रर्दशनी गरेको छ । उक्त फोटो प्रर्दशनी समेत टोलीले अवलोकन गरेको संग्रहालयका निर्देशक निर्मला न्यौपानेले जनाउनु भयो ।

त्यस्तै टोलीले पोखराको ड्यामसाइडमा रहेको एस हेल्पिङ हेण्डको हस्तकलाको उद्योग समेत अवलोकन गरेको थियो । अपाङगता भएकाहरुलाई समेत गरी ७२ जनालाई रोजगार दिएका हेल्पिङ हेण्डका संचालक दिनेश कुमार थापा सहितको टोलीले चाइनिज टोलीलाई आफ्नो उद्योगमा नेपाली ढाका टोपी लगाई स्वागत गर्नु भएको थियो ।
उक्त टोलीले शुक्रबार बिहान सराङकोट क्षेत्रमा अवलोकन गरेको नेपाल चिन मैत्रि संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो । उक्त खेलले पोखरा क्षेत्रको खेल पर्यंटनको प्रबद्र्धन हुने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखराक्लिकलाई बताउनु भयो ।

चाइनाको कुनमिङदेखि विहिबार चाटर्ड विमानबाट धावक सहित पोखरा आएको १ सय २० जनाको टोली आइतबार पोखरा भ्रमण गर्ने भएको प्रतियोगिताका मिडिया संयोजक ई.प्रतिक पहारीले बताउनु भयो ।
उक्त प्रतियोगिता भने शनिबार बिहान ७ः३० बजे पोखरा बाराहीघाटबाट सुरु हुने भएको हो ।