
दीननाथ बराल,
पोखरा १६, कार्तिक,
पोखरामा आम उपभोक्ताहरु यस बर्ष पनि फुल खरिदमा ठगिनु भएको छ । यस बर्ष पोखरा क्षेत्रमा कम फुल उत्पादन हुने भए पछि बिचौलीयाहरुले फुलको मुल्य बृद्धि गरेसंगै आम पोखरेलीहरु ठगिनु भएको हो ।

फुलै फुलको पर्व तिहार लक्षित गरी पोखरामा सयपत्री र सुपारी फुलको मुल्य निर्धारण भए पनि तोकिएको मुल्य भन्दा करिब दोब्बर मुल्यमा फुलको बिक्रि वितरण भएको स्थानियले गुनासो गर्नु भएको हो ।

पोखरा महानगरपालिका, महानगरको कृषि संजाल र पुष्प व्यवसायीहरु बिच भएको निर्णय भन्दा बढी मुल्यमा फुलको बिक्रि वितरण भएको सदिक्षा क्षेत्रीले गुनासो गर्नु भएको हो । उहाँले पोखरामा प्रति माला ३ सय रुपैयामा खरिद गरेको गुनासो गर्नुभयोे ।

पोखरामा प्रति गुच्छा फुलको ५ र प्रति केजी मालाको ३ सय ५०, मालाको १ सय ३० देखि १ सय ८० सम्ममा बिक्रि हुने गरी मुल्य निर्धारण गरिएको पोखरा महानगरपालिकाका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो ।

श्री कम्प्लेक्स कृषि उपज बजारमा विहिबार प्रति माला ४ सय र सोही माला शुक्रबार भने ३ सयमा बिक्रि गरेको एक व्यसायीले बताउनु भयो । महानगरमा फुलको मुल्य निर्धारण भए पनि फुल बिक्रेताले बढी मुल्यमा बिक्रि गरेकोले आफुहरुले ४ सय ५० रुपैया प्रति केजी फुल खरिद गरी माला बिक्रि गर्न बाध्य भएको पुनम कुमालले पाखरा क्लिकलाई बताउनु भयो । उहाँले फुल व्यापारीसंग फुल खरिद गरी माला बनायर फुल बिक्रि गर्नु भएको छ । अन्य समयमा उहाँले फलफुल तरकारीको व्यवसायी गर्दै आउनु हुन्छ ।
पोखराका फेन्सि पसल देखि मासु पसलसम्म फुलको मालाको आफ्नो मनपरी ढंगले मुल्यमा फुल बिक्रि भई रहेको छ । यस बर्ष लगातार जसो पानी परेकोले समयमै फुल फर्किन नपाएकोले गर्दा तिहारमा स्थानिय जातको फुल कम मात्रमा फुलेकोले बजारमा अघिल्लो बर्षको तुलनामा कम फुल उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका अध्यक्ष श्रीराम सुवेदीले बताउनु भयो । आफुहरुले बजार मुल्य एकरुपताको लागि मुल्य निर्धारण गरे पनि केही बिचौलीयाको कारण तोकिएको मुल्य भन्दा बढीमा खुद्रा विभिन्न पसलहरुमा फुलको कारोवार भएको फान कास्कीका पूर्व अध्यक्ष द्धयाकुमार द्धवाले बताउनु भयो ।
फुलै फुलको पर्व तिहारमा यस बर्ष पोखरा क्षेत्रमा करिब २ करोड मुल्य बराबरको फुलको कारोवार हुने फानका पूर्व अध्यक्ष दिल बहादुर गुरुङले दाबी गर्नू भयो । तिहार पर्वको अवसरमा पोखरा क्षेत्रमा स्थानिय जात, हाईब्रिड सहित भारतबाट समेत आयात हुने फुलको करिब २ करोड मुल्य बराबरको फुलको कारोवार हुने उहाँले जनाउनु भयो ।
स्थानिय र हाईब्रिड जातको फुल पोखरामा करिब ७५ देखि ८० प्रतिशत जसो उत्पादन भको व्यवसायीको दाबी छ । भारतबाट यस बर्ष पनि न्यून प्रतिशतमा फुलहरु भित्रिएको अध्यक्ष सुवेदीले बताउनु भयो । भारत सहित अन्य जिल्लाबाट पोखरामा यस बर्ष करिब २५ देखि ३० प्रतिशत फुल भित्रिएको उहाँले दाबी गर्नु भयो ।
पोखरामा कास्कीका छिमेकी जिल्ला देखि धादिङ, गोर्खा, पाल्पा, वनेपा लगायतको क्षेत्रबाट फुल भित्रिएकोे अध्यक्ष सुवेदीले उल्लेख गर्नु भयो । यस बर्ष फुल कम उत्पादन भएकोले फुलको माग बढी भएको उहाँले बताउनु भयो ।
पोखरा क्षेत्रमा रहेका करिब ३८ वटा पुष्प व्यवसयीहरुले यस बर्ष अधिकांशले १५ हजार देखि ५० हजारसम्म बिरुवा उत्पादन गर्नु भएको थियो । व्यवसायीक कृषक तथा केही साना किसानबाट फुलको पोखरा क्षेत्रमा तिहारको अवसरमा फुलको कारोवार गर्नुहुन्छ ।
यसैबिच फान कास्कीको आयोजनामा यही कार्तिक १२ देखि १६ गतेसम्म आठौं संस्करणको गोदावारी पुष्प प्रर्दशनी तथा पाचौं गण्डकी प्रादेशिक पुष्प मेला पोखरा प्रर्दशनी केन्द्रमा संचालन भएको छ । उक्त मेलामा करिब २० हजार दर्शकले अलोकन गरेको पूर्व अध्यक्ष दया कुमार द्ववाले बताउनु भयो ।






