देउसी भैलोले पोखरा गुन्जियो, पर्यटक पनि देउसी भैलोमा मस्त

-


     पोखरा क्लिक     
     कार्तिक १६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १६, कार्तिक,

पर्यटनको राजधानि पोखरा यतिवेला गुन्जायमान भएको छ । नेपालीहरुको चार्ड तिहार पर्वको अवसरमा पोखरामा विभिन्न उद्धेश्यले खेलिएको देउसी भैलो कार्यक्रमले गर्दा हिजोआज पोखरा गुन्जायमान भएको हो ।

पोखराको पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा भने देउसी भैलो खेलको विदेशी पर्यटकहरुले निकै मस्त हुनु भएको छ । राति अबेरसम्म पोखराको सडकमा उहाँहरुको उल्लेखनिय उपस्थिती रहेको छ । पोखरामा चहल पहल ह्वात्तै बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । उहाँका अनुसार पोखरामा हाल पर्यटकको अकुपेन्सि करिब ६० प्रतिशतको हाराहारीमा रहेको छ ।

देउसी भैदो कार्यक्रम विदेशी पर्यटकहरुले समेत राति अबेर सम्म निकै रुचि पूर्ण ढंगबाट अवलोकन गर्दै मनोरन्जन लिने गरेको उहाँले जनाउनु भयो । लेकसाइड क्षेत्रमा राति अबेरसम्म विभिन्न स्थानमा देउसी भैलो खेल्दा सो क्षेत्रमा पहल पहल बढेको हो । नेपाली कला संस्कृति झल्कने नेपाली पन भन्दा पश्चिमा मुलुकको गित संगितमा समेत देउसी भैलो खेल्ने क्रम पोखरामा बढ्दो रहेको छ । पोखरामा हाल होटल अकुपेन्सि पनि करिब ६० प्रतिशत रहेको होटल संघ पोखरा , नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराक्लिकलाई जनाउनु भयो । पछिल्लो समयमा तेश्रो मुलुकका पर्यटकहरुको आगमनमा केही बृद्धि भएको उहाँले उल्लेख गर्नुृ भयोे । हाल पदमार्गमा गएका आन्तरिक तथा बाह्यि पर्यटकहरु समेत पोखरामा फर्किएकाले गर्दा पनि पर्यटकको पहल पहल केही बढेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जनाउनु भयो ।

पोखराका मुख्यचोक देखि बजार क्षेत्रमा तिहार पर्वको लागि आवश्यक पर्ने खाद्य तथा उपहार एवं भाई मसला किन्नेहरुको समेत भिडभाड भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो तथा नाचगान जस्ता कार्यहरू गुनासो रहित तवरले सञ्चालन गर्नुहुन एवम् सार्वजनिक यातायात, आवतजावत र जनजीवनलाई असर नपर्ने गरी मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्नु आग्रह गरेको छ । त्यसै गरी प्रशासनले पटका, आतिसबाजी, झरझरे, भुइँचम्पा जस्ता विस्फोटकजन्य पदार्थ प्रयोग नगर्न चेतावनी दिएको छ ।