स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई

-


     पोखरा क्लिक     
     कार्तिक १६ गते २०८१ मा प्रकाशित


पोखरा १६ कार्तिक,

यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै आश्रमलाई प्रदान गरिने शुक्रवार पत्रकार सम्मेलनको आयोजना घोषण गरेको हो ।

समाजसेवा पुरस्कारका लागी पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुशील वस्नेत, पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीना,सल्लाहकार खिमलाल अधिकारी र संस्थापक मध्यवाट यादवचन्द्र देवकोटा सदस्य रहकोे छनौट समितिले गरेको निर्णयलाई अनुमोदन गर्दै नगद १५ हजार र सम्मानपत्रले यही कार्तिक २२ गते आयोजना हुने २८ औं स्थापना दिवसको मुल समारोहमा आश्रमलाई पुरस्कार प्रदान गरिने सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिनुभयो । सो पुरस्कार यसअघि उद्योगपति गणेश वहादुर श्रेष्ठ, तेज वहादुर गुरुङ, लायन स्व। गोविन्द वहादुर केसी, अग्रज भलिवल खेलाडी स्व। उदय वहादुर वस्नेत, सिद्घार्थ क्लव र नव आर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।सोही अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं। १६ भित्रका सरकारी विद्यालयवाट कक्षा १२ को परिक्षामा उत्कृष्ट जिपिए ल्याउने बिन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशिष पोखरेललाई जनही ५ हजार र प्रमाणपत्रले सम्मान गरिने छ ।

हिमालय क्लवले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही ५ हजार प्रदान गरिने छ ।त्यस्तै समाजसेवी कृष्णप्रसाद अधिकारी र प्रभा कोईरालाद्वारा स्थापित नगद ५ हजार राशीको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार चमेरी गुफा कृषक समुहलाई प्रदान गरिने क्लवले जनाएको छ । क्लवले यही कार्तिक २२ गते विभिन्न कार्यक्रम गरी मनाउने स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही दिन क्लवद्वारा संचालित विभिन्न पुरस्कार, सहयोग वितरण तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने क्लवका अध्यक्ष मोहनवहादुर थापाले जानकारी दिनुभयो ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पोखरा १६ उपशाखा र रक्त संचार केन्द्र सहयोगी संस्थाको रुपमा रहेका छन् ।

पत्रकार सम्मेलनमा वोल्दै क्लवका अध्यक्ष थापाले विभिन्न महामारीका कारण पोखरामा रगतको अभाव देखिएकाले रक्तदान गर्न आव्हान गर्नुभयो । उहाँले सवैको साथ र सहयोगले कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।मुल समारोह समितिका संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सल्लाहकार दुर्गा केसी थापा, निवर्तमान अध्यक्ष सुशील वस्नेत, पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठ, कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिका कोषाध्यक्ष बलराम भट्टराई, पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठ लगायतले मुल कार्यक्रमको विषयमा चर्चा गनुभएको थियो ।पत्रकार सम्मेलनको संचालन सचिव तुलवहादुर वस्नेतले संचालन गर्नुभएको थियो । मुल समारोह स्थानिय बाटुलेचौर खेल मैदानमा हुने वताईएको छ ।

सोही अवसरमा क्लव र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिले नवदुर्गामा कालिका मन्दिरमा आयोजना गरेको दुर्गा पुजाको आय व्यय सार्वजनिक गरेको छ । पुजामा १ लाख ६ हजार ८ सय ५० आम्दानी भएकोमा ४० हजार ७५ रुपैयाँ खर्च भई ६६ हजार ७ सय ७५ रुपैयाँ वचत भएको कोषाध्यक्ष बलराम भट्टराईले जानकारी दिनुभयो । वचत रकम मध्यवाट ३३ हजार ३ सय ८७ रुपैयाँ मन्दिरलाई हस्तान्तरण गरिएको छ ।



This will close in 20 seconds