
काठमाडौँ १४, कार्तिक,
साविक बिजेता बङ्गलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज(बुधबार) साँझ भएको निकै प्रतिष्प्रर्धात्मक रुपमा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो ।

बङ्गलादेशले अघिल्लो संस्करणकोे उपाधि जितेको थियो । करिब १५ हजार भन्दा बढी दर्शक सहभागि भएको बताइन्छ । खेलमा घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भएको छ ।

पहिलो हापमा दुबै तर्फ गोल रहित बराबरीमा खेले पनि दोश्रो हापको ५२ औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६ आँै मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी पुर्याइन् ।

खेलको ८१आँै मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । दर्शकको हुटिङ पाएको नेपालले पाएका केही अवसरहरु सदुपयोग गर्न नसक्दा यस बर्ष पनि उपविजेतामै सिमित हुनु पर्यो ।
यसैबिच काठमाण्डौं, पोखरा लगायतका देशका ठुला शहरहरुमा ठुलो स्क्रिनमा उक्त फुटवलको फाइनल खेल प्रर्दशनी गरिएको थियो । पोखराको पृथ्बीचोकमा पोखरा महानगरपालिकाको आयोजना,एसके साउण्ड, जिल्ला प्रशासन कार्यालय कास्की, परिचय एड्भटाइजिङको सहकार्यमा उक्त स्क्रिनमा फाइनल खेल प्रर्दशन गरिएको थियो ।