
पोखरा १४, कार्तिक,
काठमाण्डौंको दशरथ रंगाशालामा आज(बुधबार) हुने साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) वुमेन्स च्याम्पियनसिपको फाइनल खेल पोखराको पृथ्वीचोकको डिस्प्लेमा प्रर्दशन गराइने भएको छ ।
पोखरा महानगरपालिकाले आज बेलुकी हुने साढे ६ः३० बजे देखि सुरु हुने नेपाल र बंगलादेशबीच हुने फाइन खेल परिचय एड्भरटाइजिङ र जिल्ला प्रशासन कार्यालय कास्कीको सहकार्यमा ठुलो डिस्प्लेमा देखाइने भएको हो ।
पृथ्वीचोकक्षेत्रमा पोखरेली फुटवल प्रेमीहरुको उल्लेखनिय सहभागिता रहेको छ ।

तष्विर एकराज गिरी






