घाचोक–पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा तोयनाथ बैरागी

-


     पोखरा क्लिक     
     कार्तिक ११ गते २०८१ मा प्रकाशित


पोखरा,११ कात्तिक

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको आज भएको भेलाले घाचोक–पोखरा सम्पर्क समाजको तदर्थ समिति गठन गरेको छ ।

घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि पोखरामा रहेर योगदान गर्दै एकआपसमा आपसी सद्भाव र सम्बन्ध प्रगाढ बनाउने उदेश्यलेसमाज गठनका लागि पोखरामा भेला आयोजना गरिएको थियो । सो भेलाले तोयनाथ लम्साल९वैरागी०को अध्यक्षतामा १५ सदस्सीय तदर्थ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको उपाध्यक्षमा महेश्वर पोखरेल, सचिव जगत गुरुङ, सहसचिव विष्णु पोखरेल, कोषाध्यक्ष सीता लम्साल आचार्य९सरिता० र सहकोषाध्यक्षमा नारायण गुरुङ चयन हुनुभयो । उपाध्यक्ष महिलामा पछि पदपूर्ति गरिने बताइन्छ ।

यसैगरी सदस्यहरुमा भानुभक्त पोखरेल, मेनका आचार्य, चुडामोहन लम्साल, सोमनाथ लम्साल, चन्द्राज्यू ठकुरी, लेखबहादुर खत्री, कृष्ण दवाडी र भोजबहादुर नेपाली रहनुभएको छ । यसैगरी भेलालले नौ सदस्सीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

सल्लाहकारहरुमा हरिश्चन्द्र लम्साल, मीनप्रसाद लम्साल, मिनराज लम्साल, गोविन्द प्रसाद पोखरेल, सु। तोरणबहादुर गुरुङ, शिवराम लम्साल, शिवराम लम्साल, गंगालाल पोखरेल र विष्णु केसी हुनुहुन्छ । यसैगरी सो भेलाले पाँच सदस्सीय विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा विष्णुप्रसाद पोखरेल, शिवप्रसाद पोखरेल, दुर्गा घोरासैनी,सुवासचन्द्र लम्साल र राकेश गुरुङ रहनुभएको छ ।

भेलाका प्रमुख अतिथि समाजसेवी एवं शिक्षासेवी हरिदत्त पोखरेलले ढिलै भएपनि समाज गठन गरेर घाचोकवासीलाई एकतावद्ध बनाउने कार्यको थालनी भएकामा खुशी व्यक्त गर्नुभयो । सम्पर्क समाजका माध्यमबाट एक आपसमा भाईचारा र बन्धुत्वको भावना विकास हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । वडाध्यक्ष हरिश्चन्द्र लम्सालले घाचोकको समग्र विकासका लागि समाज सहयागी हुने विश्वास व्यक्त गर्दै समाजका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नवगठित समाजका अध्यक्ष तोयनाथ लम्साल बैरागीले पोखरामा रहेर विविध कारणले गाउँसग नजोडिएकाहरुलाई एकतावद्ध राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “सबैको विज्ञता र क्षमतालाई गाउँसँग जोड्ने प्रयत्न गर्ने छौँ । गाउँका हरेक क्रियाकलापसँग जोडिने र सहयोगी संस्थाका रुपमा गाउँमा रहने छौँ भने पोखरामा एकापसमा भाइचारा र सम्बन्ध विकासको कडीका रुपमा क्रियाशील हुनेछौँ ।” अध्यक्ष लम्सालले भन्नुभयो । भेलामा सहभागीहरुले समाज गठन आवश्यक रहेकामा जोड दिँदै संस्थाले रचनात्मक र सिर्जनात्मक कार्य गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।