
दीननाथ बराल,
पोखरा ८, कार्तिक,
राष्ट्रिय स्वतन्त्र पाट्र्री (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताउनु भयो ।

कात्तिक २ गते पक्राउ परेका लामिछनाने माथि यस अघि आइतबार ६ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको थियो ।

त्यसैगरी सहकारीको रकम अपचलनकै आरोपमा गत असोज ६ गते पक्राउ पर्नु भएको पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई समेत थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उहाँहरुलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक बसन्तकुुमार शर्माले बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पाट्र्री (रास्वपा) ले अबको आन्दोलन काठमाण्डौं केन्द्रित गर्ने भएको छ । रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले कास्कीको हिरासतमा राखेसंगै पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले भने भोली देखि काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने भएको हो ।
रास्वपा उप–सभापती स्वर्णिम वाग्लेले विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आफुहरुको आन्दोलनको स्वरुप विहीबारबाटै फेरिएको जनाउनु भयो । हाम्रो आन्दोलन आजबाटै सांकेतिक रुपमा जान्छ, उहाँले भन्नुभयो, “त्यो कस्तो हुन्छ तपाईंहरुले थाहा पाईहाल्नु हुन्छ’ अब हामीले प्रदर्शनमा रास्वपाले भीड जम्मा नगरी गर्ने रणनीतिमा रहेका छौं । ”
रास्वपाको आन्दोलन अब काठमाडौं केन्द्रीत हुने रास्वपा गण्डकी प्रदेश संयोजक राजन गौतमले बताउनु भयो । उहाँले भन्नुभयो “हाम्रो पोखरा केन्द्रीत आन्दोलन एक हदसम्म सफल भयो, यस अभियानलाई सफल पार्नेहरुमा धन्यवाद दिन चहान्छौं अब आन्दोलनलाई भोलिदेखि काठमाडौं केन्द्रीत गर्छौं । ” सत्तारुढ ठूला दललाई देखाउन पनि काठमाडौं केन्द्रीत आन्दोलन गर्न आवश्यक भएको रास्वपाले जनाएको छ ।
रास्वपा प्रवत्ता मनिष झाले सहकारी बचत पीडितको आन्दोलनमा घुसपैठ हुने देखेकाले मूठभेड नहोस् भन्नका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउनु भयो । पीडितको पक्षमा हुनेगरी आफूहरुले प्रतिवेदन बुझाएको, सदनमा आवाज उठाएको उहाँले जनाउनु भयो । यसै सम्बन्धि सांसद डा.तोसिमा कार्की सहितको टोली घर दौलो कार्यक्रम गर्दै युवालाई जागरुक हुन आग्रह गर्दै गरेको अबस्था ।
सभापति रविलाई अदालतले पुनः म्याद थप भएको जानकारी पाएसंगै रास्वपाको आन्दोलन चर्कीएको थियो । उहाँहरुले निषेधज्ञा तोडेसंगै पोखराको शहिचोक तथा राष्ट्र बैंकचोकमा केही समय तनावको स्थिती सृजना भएको थियो । उक्त भिडलाई नियन्त्रणमा लिन प्रहरीले अग्र ग्याँस समेत फालेको थियो । रास्वपा समर्थित भिडले प्रशासनले निषेधज्ञा घोषणा गरेको राष्ट्र बैंकचोकमै पुगेर बिरोध प्रर्दशन सहितको कोर्ण सभा समेत गरेको थियो । आन्दोलनकारीले बिषेधज्ञा तोडेसंगै राष्ट्र बैंकचोकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको ठुलो सङख्यामा सहभागी गराइएको थियो । उक्त आन्दोलन चर्कीएसंगै रवि र जोशीलाई अदालतबाट जिल्ला प्रहरी कार्यालय पुर्याउन प्रहरीलाई वडा प्रहरी कार्यालय बैदाममा केही समय राखेर मात्र लगेको थियो ।
गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने अझै फरार हुनुहुन्छ ।

कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले रवि माथि उचित छानविन होस भनेर आफुहरुले आन्दोलन गरेको बताउनु भयो । उनले सहकारीको रकम हिनामिना गर्ने उपर न्यायमा कुनै प्रभाव नपर्ने गरी कार्वाहीको माग गर्नु भयोे । हाम्रो बचत फिर्ता गर, सहकारीलाई न्याय दे, जिबी राईलाई पक्राउ गर, जिवी, रवि ठग हुन्, जिबी राई कहाँ छ रविलाई नै थाहा छ, गोर्खा मिडियाको पैसा फिर्ता गर लगायतका नारा लगाउनु भएको थियो । थालमा ढुंगा राखेर आफुहरुलाई खान समेत समस्या भएको सहकारी पिडितहरुले गुनासो गर्दै थाल प्रर्दशन तथा थाल ठटाउनु भएको थियो । पोखरामा केही दिन देखि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।






