नेपाल समाजबादी पार्टीको अधिवेशन आउदो माघ २५ देखि हुने

-


     पोखरा क्लिक     
     कार्तिक ६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ६, कार्तिक,

नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ गते देखि काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा आज(मंगलबार) समापन भएको प्रथम विधान अधिवेशनबाट आउदो माघ २५,२६ र २७ गते महाधिवेशन हुने महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय उक्त मिति पारित गरेको हो ।

उक्त विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ । पार्र्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको हो । अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनुहुने भएको छ ।

सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ । पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ ।

सभापति बाबुराम भट्टराइको नेतृत्वमा बसेको सचिवालय बैठकले महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको जनाउनु भएको छ । अधिवेशनले झण्डा फिक्का रातो रङको आयतनकारमा आँखा चिह्न राख्ने गरी पारित गरेको छ । चुनाव चिह्न भने आँखा नै रहेको छ ।

पोखरा सभागृहमा सोमबार देखि संचालन भएको अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश) सहित कुल पाँच सय प्रतिनिधि सहभागी भएको समाजबादीले जनाएको छ ।