गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

-


     पोखरा क्लिक     
     कार्तिक ५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ५, कार्तिक,

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त हुनु भएको छ । उहाँ नियुक्त भएसंगै गण्डकी प्रदेशमा मन्त्री परिषदले पूर्णता पाएको छ ।

नवनियुक्त मन्त्री पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार एक समारोहका बिच पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । प्रदेशमा अब ९ वटा मन्त्रालय पुगेको छ । जस मध्य मुख्यमन्त्री सहित कागेंसको भागमा ५, एमालेको भागमा ४ वटा मन्त्रालय परेको हो । कागेंसले आफ्नो भागबाट नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रा लयको जिम्मा दिनु भएको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै सरकार विस्तार गर्नुु भएको हो । केही समय देखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका पौडेललाई मुख्यमन्त्री पाण्डेले उक्त मन्त्रालयको जिम्मा दिनु भएको हो । पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुनुहुन्छ ।

भौतिक पुर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा परिवर्तन गरे पछि उहाँले मन्त्री पदबाटै तत्कालै राजीनामा दिनु भएको थियो ।

भागबन्डा मिलाउन ७ मन्त्रालयबाट ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालय भित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री कायम गर्नु भएको थियो । मुख्यमन्त्री पाण्डेले लामो प्रयास पछि १७ भदौमा एमालेलाई सरकारमा सहभागी गराउन सफल हुनु भएको थियो ।

एमालेले मनाङे र समाजबादीका देवकोटालाई मन्त्री पदबाट हटाउनुपर्ने माग राख्दै आएको थियो । तर आफूलाई अप्ठ्यारो अबस्थामा सरकार बचाउन विश्वासको मत दिएको भन्दै मुख्यमन्त्री पाण्डेले गठबन्धन बाहिरका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका मनाङेलाई नहटाउने अडान लिनु भएको थियो ।