सहारा क्लब अष्ट्रेलियाको अध्यक्षमा सिद्धार्थ पौडेल

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


पोखरा, ३ कात्तिक,

सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थापक अध्यक्ष राजमान थकालीको केही समय अघि असामयिक निधनसँगै पद रिक्त रहेको थियो । सहारा क्लब पोखराका पूर्व सदस्य समेत रहेका सिद्धार्थ पौडेल पोखरा बाघमाराका हुन् ।

समिति उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली चयन भएका छन् । सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्ष कल्याण खड्का र सहकोषाध्यक्ष गौरव बराल चयन भएका छन् । कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ, रजनी गुरुङ, सूर्य खनाल र ईश्वर पहारी छन् । प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल चुनिए । तास्मेनिया ज्ञानेन्द्र गौतम, पर्थ को–ण्अर्डिनेटर सुवास श्रेष्ठ, भिकटोरीया सज्जन शर्मा,क्विनलाईन रोमन
शाही चयन भए । नवनिर्वाचित अध्यक्ष सिद्धार्थ पौडेलले सहारा अष्ट्रेलिया कपलाई निरन्तरता दिने तथा क्लबका राम्रा कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए । उनले सहारा क्लब अष्ट्रेलियालाई सिड्नीमात्र नभई अष्ट्रेलियाभर बिस्तार गर्ने योजना सुनाए ।

सहारा क्लब पोखराका विदेश शाखामध्ये अष्टे«लिया एक हो । सहाराले यसअघि सहारा हङकङ र सहारा युके बिस्तार गरिसकेको छ । फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी एकेडेमी संचालन गरी आर्थिक स्थिति कमजोर तथा कठिन परिस्थितिका बालकहरुलाई आवासीय सुविधासहित शिक्षा, दीक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।