
दीननाथ बराल,
पोखरा १, कार्तिक,
पोखरा फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिर अवलोकन तथा दर्शन गर्नेहरुको बिहिबार अत्याधिक भिड भएको छ । दशैं पर्वको अन्तिम दिन विहिबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरुको बर्षकै अत्याधिक भिड भएको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो ।

पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिरमा बर्षको ३ सय ६५ दिन मध्य कोजाग्रतपूर्णिमा पर्वको दिनमा सबै भन्दा बढी भिड भएको उहाँले दाबी गर्नु भयोे । तालवराही मन्दिरको दर्शन गर्न डुंगा सयरको लागि टिकट काट्ने र लाइफ ज्याकेट लिनेहरु केही समय कुर्दैैं लाइनमा समेत बस्नु भएको थियो । बिहानै देखि पोखराको तालवराही क्षेत्रमा ठुलो भिड लागेको थियो ।

विहिबार बिहानै देखि तालवराही मन्दिरको दर्शन गर्न तथा दशैंको जमरा सेलाउने एवं घुमघाम गर्ने पर्यटकहरुको सङख्या बर्ष दिनकै सबै भन्दा बढी भिडभाड भएको एक डुंगा व्यवसायी पृतम कुंवरले दाबी गर्नु भयोे । देशमा आर्थिक मन्दिका कारण पछिल्लो समयमा आफुहरु समेत प्रभावित भएको उहाँको भनाई छ । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ तालवराही मन्दिरमा दशैंको अवसरमा घटस्थापना देखि दर्शन गर्नेहरुको भिडभाड हुने गर्दछ । तालवराही घाटमा दशैं मेला नै लागेको छ । दैनिक उपभोग्य बस्तु देखि फेन्सि तथा रेडिमेटका सामानहरुको खरिद बिक्रि गर्नेहरुको अत्याधिक भिडभाड भएको छ । कार्तिक महिनाको एक गते (शंक्रान्ति), कोजाग्रतपूर्णिमा समेत परेकोले आफुहरुको मनोकाक्षा पूरा हुने विश्वासले आफुहरु तालबराही मन्दिरमा दर्शन गर्न आएको पोखराकी इन्दिरा पौडेलले बताउनु भयो ।
यसै सम्बन्धि भिडियो सामाग्रि ।
मन्दिरमा जान आउनको लागि प्रति व्यक्ति ६० रुपैया र लाईफ ज्याकेजको थप १० रुपैया शुल्क लाग्ने गर्दछ । दशैंको अवसरमा पोखरा, पोखरा आसपास, काठमाण्ठौं, चितवन, वुटवल, धरान केही भारत र न्यून सङख्यामा तेश्रो मुलुकका विदेशी पर्यटकहरु डुंगा सयर गर्न आएको व्यवसायीहरु बताउनु हुन्छ । स्वरोजगार डुंगा व्यवसायी करिब २ सय ५० सहित मजदुरी गर्ने डुंगा व्यावसायी गरी ५ सय जना रहनु भएको छ । फेवातालको ८ वटा घाटमा ७ सय ७५ वटा डुंगा रहेको समितिले जनाएको छ ।

कोरोनाको कारण देशमा भएको आर्थिक मन्दि र तालवराही मन्दिर मर्मत संहार समेत गर्न लागेको कारणले गर्दां पनि ६ बर्ष अघि जस्तो अत्याधिक भिड भने नभएको व्यवसायीहरुले बताउनु भयो ।
यसैक्रममा, दशैं पर्वको अन्तिम दिन विहिबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिर परिसर क्षेत्रमा लागेको दशैं मेला (हार्ट बजार) बिचमै बिथोलिएको छ ।
पोखरा महानगरपालिकाको नगर प्रहरीले उक्त मेला भर्न आएका व्यापारीहरुलाई हटाउन खोजे पछि उक्त मेला दिउसो करिब १ः३० बजे देखि बिथोलिएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले गुनासो गर्नु भयो । यस महानगरसंग अनुमति विना उक्त मेला संचालन भएकोले महानगले नगर प्रहरी खटायर फुटपातको व्यापारीक स्टलहरुलाई हटाउन खोजेको महानगरले जनाएको छ ।
फेवा ढुंगा व्यवसायी संगठनमा विगतका बर्ष देखि सरसफाई गर्ने उद्धेश्यले सानालाई जनही ५० र अन्यलाई १ सय रुपैया शुल्क लिदै आएको संगठनका अध्यक्ष बलराम गिरीले पोखराक्लिकलाई बताउनु भयो । महानगरसंग यस अघि अनुमति नदिएकोले यस बर्ष पनि नलिएको उहाँले जनाउनु भयो ।





