दशैंमा पोखरामा ४ हजार २ सय जना निःशुल्क बस सेवाबाट लाभान्वित

-


     पोखरा क्लिक     
     असाेज २७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २७, असोज,

नेपालीहरुको महान चार्ड दशैं पर्वको अवसरमा दशैं टिकाको दिन(शनिबार) पोखरामा संचालन गरिएको निःशुल्क बस सेवाबाट ४ हजार २ सय जना लाभान्वित हुनु भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको संयोजनमा ४ वटा विभिन्न निजी कम्पनीको सहयोगमा तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरामा संचालन भएको उक्त सेवाबाट ४ हजार २ जना लाभान्वित भएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराक्लिकलाई बताउनु भयो ।

उक्त अभियानमा सहयोग गर्नेहरु तथा सहकार्य एवं समन्वय गर्नेहरु प्रति प्रजिअ पाण्डेले धन्यवाद दिनु भएको छ । दशैं टिकाको दिनमा उक्त बस चालक तथा सहचालकलाई प्रजिअ पाण्डे सहितका अतिथिहरुले माला लगाउदै सुरक्षित यात्रा गराउन आग्रह गरी सम्मान गर्नु भएको थियो । दशैंको दिनमा बढी भिडभाड हुने यातायात सेवा प्रायः कम चल्ने हुदा यात्रुको सेवालाई मध्यनजर गरी पोखरामा पहिलो पटक उक्त सेवा संचालन गरेको उहाँको भनाई थियो । उक्त अभियानमा ४ वटा कम्पनी पृथ्वी राजमार्ग बस संचालक कम्पनीले ३ वटा, स्थानीय यातायात कम्पनीले २ वटा, पोखरा यातायात प्रालिले ९ वटा र वेगनास पोखरा यातायातले ४ वटा गरी १८ बस वटा बसबाट सेवा दिएको पृथ्बीराजमार्ग बस संचालन कम्पनीका अध्यक्ष यागेन्द्र बहादुर केसीले बताउनु भयो । कम्पनीले सामाजिक उत्तरदाहित्व अन्र्तगत दशैं टिकाको दिनमा उक्त सेवा संचालन गरे पनि बिहान ७ः०० बजे देखि १२ः०० बजेसम्म फाट्य फुट्य यात्रुहरुको आगमन भए पनि १२ः०० बजे देखि ४ः०० बजेसम्म यात्रुको अत्याधिक भिडभाड भएको केसीले जनाउनु भयो ।

दशैं पर्वको अवसरमा पोखरा क्षेत्रको ट्राफिक व्यबस्थापनमा विजयपुर पुल क्षेत्रमा केही समस्या भए पनि अन्य स्थानमा सहज भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी नायव निरिक्षक भिम खत्रीले बताउनु भयो । सडक स्तरोउन्नती हुन लागेकोले केही सडकमा हिलो भएकोले सडकमा केही समय चाम भएको थियो । पोखरा क्षेत्रमा हाल सवारी साधनको चाप बढ्न थालेको क्षेत्रीले जनाउनु भयो ।