पोखराको बाराही घाटमा तीन थरी पिङः

-


     पोखरा क्लिक     
     असाेज २५ गते २०८१ मा प्रकाशित


पोखरा २५, असोज,

पोखराको पर्यटकीय स्थल बाराही घाट क्षेत्र(बाराहीघाट खेल मैदान) मा पिङ खेल्दै स्थानिय एवं पर्यटकहरु ।
स्थानियको सक्रियतामा तीन थरीका( चम्राले, रोटै र लिङ्गे) पिङ हालिएको छ । नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आफुहरुले समेत उक्त अयिभानमा सहयोग गरेको पोखरा ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले पोखराक्लिकलाई बताउनु भयो ।

स्थानियको सक्रियतामा केही बर्ष देखि विभिन्न थरिका पिङ सो क्षेत्रमा हाल्दै आएको उहाँले जनाउनु भयो । पछिल्लो समयमा नेपाली परम्परागत कला संस्कृति लोप हुन थालेकोले त्यसको संरक्षण गर्न वडाले सहयोग गर्दै आएको छ । तष्विर दीननाथ बराल ÷पोखरा



This will close in 20 seconds