यात्रुलाई घर जान सेवा दिन तयार छौं पृथ्वीराजमार्ग बस कम्पनी…

-


     पोखरा क्लिक     
     असाेज २३ गते २०८१ मा प्रकाशित


पोखरा २३, असोज,

यातायाताको कारण देशका अधिकांश ठाँउमा आफ्ना सवारी साधनहरुबाट यात्रुलाई गन्तव्यवमा पुर्याउन आफुहरु कटिवद्ध रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले जनाएको छ । कम्पनीले प्रेस विज्ञेप्ति जारी नेपालीहरुका महान पर्व वडा दशैं लक्षित गरी कुनै यात्रुलाई प्रस्थान बिन्दु देखि गन्तव्यसम्म पुर्याउन आफुहरु लाग्ने कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो ।

पोखरामा प्रधान कार्यालय रहेर कम्पनीले देशका अधिकांश स्थानमा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको छ ।यातायात सेवा सञ्चालन क्षेत्रमा कुनै पनि यात्रुले टिकट नपाएको वा घर जान नपाएको गुनासो नआएको उहाँले स्पष्ट पार्नुभएको छ । साथै उहाँले गाडी नपाउने अवस्था आउन नदिने गरी कम्पनीले तयारी गरेको समेत स्पष्ट पार्नुभएको छ ।

भत्किएका सडकहरूको मर्मत सम्भार तथा झण्डै शतप्रतिशत निजी क्षेत्रको लगानी ओगटेको सार्वजनिक यातायात क्षेत्रको लगानी त्यसको प्रतिफल, बैंक एवं वित्तीय संस्थाहरूको कर्जा लगानीको व्यवस्थापन र निजी क्षेत्रका व्यवसायीहरूको लगानी तर्फ राज्यले प्रदान गर्नुपर्ने अभिभावकत्व शुन्य रहेको विज्ञेप्तिमा जनाइएको छ ।
कम्पनीले पर्याप्त सवारी साधन नभएका ठाउँमा एक दुई जना यात्रु मिलीजुली जानेगरी बस चढ्दा अनुगमनका नाममा दण्ड जरिवाना गरिएकामा समेत आपत्ति जनाएको छ ।

यसै सम्बन्धि कम्पनीले जारी गरेको प्रेस विज्ञेप्ति ।