पोखरामा रविको पक्ष र विपक्षमा नाराबाजी, जोशीलाई ५ दिन म्याद थप

-


     पोखरा क्लिक     
     असाेज ७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ७, असोज,

पोखरामा आज (सोमबार) रवि लामिछानेको पक्ष तथा विपक्षमा नारा बाजी भएको छ । एक समुहले रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै बिरोध गर्नु भएको छ भने अर्को समुहले रविले सहकारीको रकम हिनामिना गरेकोले तत्काल पक्राउ गरी कार्वाही गर्न माग गर्दै नारा बाजी गर्नु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्की अगाडी शहिद चोकमा आमुने सामुने बिरोध प्रर्दशन भए पनि कास्की प्रहरीले ठुलो सङख्यामा सुरक्षाकर्मी खटाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गर्दा पोखरा शहिद चोक क्षेत्रमै सहकारीका पिडिहरुले सहकारीको रकमहिनामिन गर्ने रविलाई पनि पक्राउ गरी आवश्यक कार्वाही गर्न माग गर्नु भएको हो ।

राजनीतिक पूर्वाग्रह राखेर रविलाई फसाउन खोजिएको दाबी गर्दै रविका पक्षधरहरुले भ्रष्टचारी वाई वाई रवि दाई हाई हाई भन्दै नारा लगाउनु भएको थियो । रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरू भेला भएर प्रदर्शन गर्नु भएको थियो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड प्रर्दशन गर्नु भएको थियो ।

सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो । समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो । जोशीलाई भने प्रहरीले फक्राउ परेलगतै रविले आफू पनि पक्राउ पर्न सक्ने भन्दै कार्यकर्तालाई अलर्ट हुन आव्हान गर्नु भएको थियो । जोशीलाई जिल्ला अदालतले आज ५ दिन म्याद थप गरेको छ ।

सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक डीआईजी जोशी पक्राउ पर्नु भएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर पोखरा ल्याएको हो ।

सहकारीका पिडितहरुले सहकारी रकम हिनामिना गर्ने रवि सहितका नेता कार्यकर्तालाई कडा कार्वाही गर्न माग गर्दै जनताको पैसाले पार्टीका नेता कार्यकर्ता पाल्न पाइदैन, जनताको रकम हिनामिना गर्नेलाई कार्वाही गरे, बचतकर्ताको रकम फिर्ता गर लगायतका नारा सहकारी पिडितहरुले लगाउनु भएको थियो ।