कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजु

-


     पोखरा क्लिक     
     भाद्र २२ गते २०८१ मा प्रकाशित


पोखरा २२, भदौ,

कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राज कुमार गुरुङ (राजु) चयन भएका छन्। संघको शनिबार पोखरामा सम्पन्न १० औं साधारण सभा तथा पाँचौ अधिबेशनले उनी सहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

प्रथम उपाध्यक्ष रहेका गुरुङ अध्यक्षमा चयन भएसंगै सबैको सहकार्य र सहयोगमा कास्कीको टेनिस खेलको विकास र विस्तार गर्न कटिवद्ध भएको बताए । त्यसै गरीे समितिको प्रथम उपाध्यक्षमा गिताराज चालिसे (नविन), द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध चयन भए भने अन्य सदस्यहरुमा महादेव भण्डारी, प्रदिप खड्का, प्रकाशराज वाग्ले र माधव भण्डारी सर्वसम्मत निर्वाचित भए । कार्यसमितिको सदस्यमा निर्वाचित खड्का नेपाल नं १ टेनिस खेलाडी समेत हुन् ।

यसैबिच, उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद एव पूर्व मन्त्री राजिव गुरुङले निर्वाचित संघका पदाधिकारी तथा सदस्यहरुलाई माला लगाएर कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न आग्रह गर्दै यति बेला गण्डकी प्रदेशको काँधमा नवौ नेपाल टेनिस संघका उपाध्यक्ष एवं कास्की टेनिसका संस्थापक समेत रहेका बिनोद कायस्थले कास्की टेनिसको साख जोगाउने गरी काम गर्न सुझाव दिए ।

त्यस्तै कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष केशव बहादुर थापा, संघका सल्लाहकार गोपी बहादुर भट्टराई, कास्की टेनिसका उपाध्यक्ष गिताराज चालिसे (नविन)ले पोखरामा टेनिस खेलबाट खेल पर्यटनको प्रवल सम्भावना भएकोमा जोड दिनु भयो ।उक्त साधारण सभा संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।